लघुवित्तले २५ प्रतिशतसम्म लाभांश दिन पाउने « Khabarhub

लघुवित्तले २५ प्रतिशतसम्म लाभांश दिन पाउने


९ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अब लघुवित्तले २५ प्रतिशतसम्म लाभांश वितरण गर्ने पाउने भएका छन्।आइतबार नेपाल राष्ट्र बैंकले लघुवित्तलाई परिपत्र गर्दै २५ प्रतिशतसम्म लाभांश विवतरण गर्ने पाउने व्यवस्था गरेको हो।

यस अगाडिका गभर्नर महाप्रसाद अधिकारीले लघुवित्तले १५ प्रतिशत मात्र लाभांश वितरण गर्न पाउने व्यवस्था गरेका थिए।सो व्यवस्थालाई गभर्नरको रुपमा विश्व पौडेल आएपछि ल्याएको मौद्रिक नीतिमा परिवर्तन गर्ने व्यवस्था ल्याएका थिए।

सोही व्यवस्था बमोजिम पौडेलले लघुवित्तले २५ प्रतिशतसम्म लाभांश दिन पाउने व्यवस्था ल्याएका हुन्।

लाभांश वितरण गर्दा त्यसमा भने कन्डिसन लगाएका छन्।जस अनुसार निष्कृय कर्जा अनुपात ५ प्रतिशत भन्दा कम भएकाले २५ प्रतिशत लाभांश वितरण गर्ने पाउने छन्।त्यस्तै ५ देखि १० प्रतिशतसम्म भएकाले २० प्रतिशत र १० देखि माथि १५ प्रतिशतसम्म निष्कृय कर्जा अनुपात भएकाले १५ प्रतिशत लाभांश वितरण गर्ने पाउने छन् ।

लाभांश वितरण पछिको पुँजीकोष अनुपात १२ प्रतिशत भन्दा माथि हुनुपर्ने राष्ट्र बैंकले जनाएको छ।

प्रकाशित मिति : ९ भाद्र २०८२, सोमबार  ९ : ५२ बजे

पर्वतको ठानामा ‘एक घर एक धारा’

पर्वत– पर्वतको मोदी गाउँपालिका–६ तिलाहारको ठानागाउँमा ‘एक घर एक धारा’

सरकारले खुलायो औद्योगिक प्रयोजनका लागि सुपारी, केराउ र मरिचको आयात

काठमाडौं– नेपाल सरकारले चालु आर्थिक वर्ष २०८२–०८३ का लागि औद्योगिक

सुनचाँदीको मूल्य हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ ।

चिसो बढेपछि हुम्लाको यारी भन्सार कार्यालय बन्द

हुम्ला– हिल्सास्थित यारी नाका भन्सार कार्यालय तीन महिनाका लागि बन्द

संस्कृति संरक्षणमा थारू समुदायका युवापुस्ता अग्रसर 

दाङ– दाङमा पछिल्लो समय थारू जातिको कला, संस्कृति संरक्षणमा नयाँ