बिग बोस १९ सुरु, नयाँ प्रतियोगी र होस्ट सलमान खान « Khabarhub

बिग बोस १९ सुरु, नयाँ प्रतियोगी र होस्ट सलमान खान


९ भदौ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतीय रियालिटी शो “बिग बोस १९” प्रिमियर भएको छ। यस वर्ष कार्यक्रममा नयाँ अनुहार छन्, तर होस्ट भने उनै अभिनेता सलमान खान। विशेष कुरा के छ भने, यस सिजनको विषयवस्तु “घरवालाहरूको सरकार” ले शोमा राजनीतिक ट्विस्ट थपेको छ, जसले प्रतियोगीको रणनीति र निर्णय क्षमतामा चुनौती दिनेछ। पछिल्ला वर्षमा दर्शकले शोको पक्षपाती व्यवहार, म्यानिपुलेशन र प्रतियोगीको व्यक्तित्वलाई साँच्चै परिक्षण गर्ने उच्च-ऊर्जावान चुनौतीको कमीको आलोचना गर्दै आएका थिए।

भारतीय मिडिया टाइम्ससँगको कुराकानीमा निर्माता कम्पनी इन्डेमोल शाइन र बानिजे एशियाका प्रमुख कार्यकारी अधिकृत, ऋषि नेगीले बताए अनुसार, पछिल्ला केही वर्षदेखि दर्शकले सामाजिक सञ्जालमा बिग बोस पक्षपाती वा स्क्रिप्टेड भएको आरोप लगाउँदै आएका थिए। तर उनले स्पष्ट पारे कि शो पूर्ण रूपमा असंरचित छ र १०५ दिनसम्म प्रतियोगीको जीवनमा कुनै बाह्य हस्तक्षेप हुँदैन।

कार्यक्रमले केवल टास्क र सलमानमार्फत् दिने प्रतिक्रिया प्रदान गर्छ। यस वर्षको सिजन “घरवालों की सरकार” अर्थात् “घरवालाको सरकार”को विषयवस्तुसँग लोकतान्त्रिक शैलीमा बनाइएको छ, जसमा प्रतियोगीले निर्णय गर्ने स्वतन्त्रता पाउँछन्। साथै, यस वर्षका टास्क पहिले कहिल्यै नदेखिएका र नयाँ शैलीका छन्, जसले पुरानो बिग बोस अनुभव फिर्ता ल्याउने प्रयास गरेको छ।

प्रकाशित मिति : ९ भदौ २०८२, सोमबार  ११ : १६ बजे

कमला स्नानका तीर्थयात्रीका लागि विशेष रेल सेवा सञ्चालन हुने

जनकपुर – कमला नदीमा पूर्णिमा व्रत तथा कार्तिक स्नान गर्न

पोखरामा ‘फेवा किङ्स कप’ राष्ट्रिय भलिबलको तयारी पूरा

कास्की – पोखरामा यही मङ्सिर ९ देखि १५ गतेसम्म सञ्चालन

भारतीय सेनालाई नेपालको आकाश प्रयोग गर्न दिने विषयमा कुनै सहमति भएकाे छैन : परराष्ट्रमन्त्री

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले बागडोगरा विमानस्थल सञ्चालनका लागि भारतीय

प्रधानमन्त्री शाहको भारत भ्रमण ऐतिहासिक : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणले

इरानमाथि आक्रमण गरे क्षेत्रीय युद्ध चर्किन सक्ने इजरायली सेनाको चेतावनी

जेरुसेलम – इजरायलले इरानमाथि सम्भावित सैन्य आक्रमण गरे त्यसले व्यापक