इन्द्रजात्राको यःसिं लिन वन छिरे मानन्धर समुदायका अगुवा « Khabarhub

इन्द्रजात्राको यःसिं लिन वन छिरे मानन्धर समुदायका अगुवा


९ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यस वर्षको यँयाः अर्थात् इन्द्रजात्राको लागि ‘यःसिं’ लिन मानन्धर समुदायका अगुवाहरू वन प्रस्थान गरेका छन् ।

प्रत्येक वर्ष झैँ यस वर्ष आज यंलाथ्व दुतिया (भदौ ९ गते) सोमबारको दिन केन्द्रीय मानन्धर संघका पदाधिकारीसहित मानन्धर समुदायका विभिन्न टोलका मानन्धर प्रतिनिधि, गुठी संस्थान, शार्दूल जंग गुल्म (गुरुजुको पल्टन) सहितको टोली वन छिरेका हुन् ।

पञ्चाङ्ग निर्णायक विकास समितिद्वारा दिइएको साइतअनुसार आज बिहान ठिक ९ः ४६ को साइतमा हनुमानढोकाको मूल ढोकाबाट बाहिरिएर वन प्रस्थान गरेका हुन् । 

आज वन प्रस्थानका लागि संघको अगुवाइमा गएका प्रतिनिधिहरूले आजै राति यस वर्षको यँया (इन्द्रजात्रा)को लागि यःसिं काट्ने अर्थात् वृक्ष कर्तन गरिने छ । 

यस वर्षको यँया (इन्द्रजात्रा)को लागि समिति दिएको साइतअनुसार आज राती ९ः०३ को साइतमा वृक्ष कर्तन (रुख कटान) गरिनेछ । यसभन्दा अघि यःसिंको लागि छानिएको सल्लाको रुखमा विधि परम्पराअनुसार कालो बोकोसहित पूजा गरिनेछ ।

त्यसपछि सुनको बञ्चरो, चाँदीको बञ्चरोले सांकेतिक रूपमा घाउ गरेपछि रुख काट्न सुरु गरिनेछ । आज राति साइत मात्र गरेपछि भोलि बिहानैदेखि यःसिंको लागि छनोट गरिएको रुख काट्न सुरु गरिन्छ भने भोली नै उक्त यःसिं भक्तपुरको चित्तपोलदेखि तानेर ल्याइन्छ । 

सकेसम्म भोली बेलुका नसके पर्सिसम्म यःसिं तानेर काठमाडौंको भोटाहितिमा राखिनेछ । यसरी भोताहितिमा राखिएको यःसिं यंलाथ्व अस्तमि (कायाःस्तमि)को दिन बिहान ९ः५२ को साइतमा तानेर नगर प्रवेश गराइन्छ । भोटाहितिबाट तानेर नगर प्रवेश गराइएको यःसिं हनुमानढोका कालभैरव र कागेश्वर महादेवका मन्दिर अगाडी राखिनेछ । 

त्यसपछि यंलाथ्व द्वादशि (भदौ १९ गते) विहीवार बिहान १०ः३१ को शुभ साइतका यःसिं उठाइने इन्द्रध्वजोत्थान गरिने) छ । यःसिं उठाएपछि काठमाडौंको मुख्य तथा ऐतिहासिक, धार्मिक यँया (इन्द्रजात्रा) औपचारिक रूपमा सुरु भएको मानिन्छ ।

प्रकाशित मिति : ९ भाद्र २०८२, सोमबार  १ : ३१ बजे

शनिबार ककरोचले नयाँ दिल्लीमा विशाल प्रदर्शन गर्दै, सुरक्षा चुस्त

नयाँ दिल्ली- मतदाता सूचीमा अनियमितता भएको आरोप लगाउँदै निर्वाचन आयोगका

गजुरीमा सडक भासिँएपछि काठमाडौँ–मुग्लिन सठक ठप्प

काठमाडौँ – धादिङको गजुरीमा सडक भासिँएपछि मुग्लिन–काठमाडौँ सडकखण्ड बन्द भएको

बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा, घटस्थापनाअघि नै सञ्चालनमा ल्याइने  

नुवाकोट– नुवाकोट र रसुवालाई जोड्ने गरी बेत्रावतीस्थित फलाखु खोलामा ७४ मिटर

अब बिल दिने बिक्रेतालाई पनि पुरस्कार, व्यवस्था गर्न विभागलाई दिए अर्थमन्त्रीले निर्देशन

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत वस्तु तथा

राष्ट्रपतिले जारी गरे विपदसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले एक अध्यादेश जारी गरेका छन् ।