गाजाको नासेर अस्पतालमा इजरायलको दोहोरो हवाई आक्रमण, चार पत्रकारसहित १५ जनाको मृत्यु « Khabarhub

गाजाको नासेर अस्पतालमा इजरायलको दोहोरो हवाई आक्रमण, चार पत्रकारसहित १५ जनाको मृत्यु


९ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इजरायली आक्रमणका कारण प्यालेस्टाइनको गाजा क्षेत्रमा चार पत्रकारसहित १५ जनाको ज्यान गएको छ । दक्षिणी गाजा क्षेत्रको एउटा अस्पतालमा इजरायलले गरेको दोहोरो हवाई आक्रमणमा परी १५ जना मारिएको त्यहाँको नागरिक प्रतिरक्षा निकायले जनाएको छ ।

इजरायली सेनाले शुरुमा नासेर अस्पतालमा हवाई आक्रमण गरेको थियो । प्रारम्भीक हवाई आक्रमणपछि उद्धारकर्मी र पत्रकार घटनास्थल पुगेका थिए । प्रारम्भीक हवाई आक्रमणको केही समयलगत्तै फेरि दोस्रो पटक सोही स्थानमा अर्को हवाई आक्रमण गरेको बीबीसीले जनाएको छ ।

आक्रमणमा परी समाचार संस्था रोयटर्स, अल जजीरा, एपी र एनबीसीका पत्रकार मारिएको हुन् ।

मारिनेमा रोयटर्सका क्यामेराम्यान हुसाम अल मसरी, एसोसिएटेड प्रेसका लागि काम गर्ने स्वतन्त्र पत्रकार मरियम दग्गा, अल जजीराका मोहम्मद सलमेह र एनबीसीका फोटोग्राफर मुथा अबु ताहा मारिएका छन् ।

प्रकाशित मिति : ९ भाद्र २०८२, सोमबार  ४ : २२ बजे

विशेष महाधिवेशनका लागि कांग्रेस प्रतिनिधि काठमाडौं आउँदै, भृकुटीमण्डपमा बढ्यो चहलपहल

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशन सुरु हुनुअघि नै काठमाडौंको भृकुटीमण्डप

कांग्रेस नेता एवं पूर्वमन्त्री होमनाथ दाहालको निधन

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री होमनाथ दाहालको निधन भएको

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, निर्वाचन तयारीबारे छलफल गर्ने

काठमाडौं– नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज (शनिबार) सुरु हुँदैछ

चालिस माइक्रोनभन्दा कमका प्लास्टिक झोला बिक्रीवितरण गर्नेलाई कारबाही

काठमाडौं– प्लास्टिकको अत्यधिक उत्पादन र बिक्री वितरणका कारण वातावरण संरक्षणमा