श्रीलङ्काः पूर्वराष्ट्रपति विक्रमासिङ्घे स्वास्थ्य बिग्रिएपछि आइसियुमा स्थानान्तरण « Khabarhub

श्रीलङ्काः पूर्वराष्ट्रपति विक्रमासिङ्घे स्वास्थ्य बिग्रिएपछि आइसियुमा स्थानान्तरण


९ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

कोलम्बो- श्रीलङ्काका पूर्वराष्ट्रपति रनिल विक्रमासिङ्घे अस्वस्थ भएका कारण मङ्गलबार अदालतमा उपस्थित हुनसक्ने अवस्था नरहेको डेली मिररले अस्पताल स्रोतलाई उद्धृत गर्दै जनाएको छ ।

डेली मिररका अनुसार उनलाई अगस्ट २६ मङ्गलबारका दिन कोलम्बो फोर्ट मजिस्ट्रेटसमक्ष उपस्थित गराउने तय गरिएको थियो । तर अस्पताल अधिकारीहरूले उनको स्वास्थ्य अवस्था अदालतमा जान असम्भव रहेको बताएका छन् ।

कोलम्बो राष्ट्रिय अस्पताल (सिएनएच) का एक वरिष्ठ अधिकारीका अनुसार, विक्रमासिङ्घेलाई औषधि सेवन र कम्तीमा तीन दिन आराम गर्न सल्लाह दिइएको छ । अघिल्लो दिन उनी डिहाइड्रेटेड भएको रिपोर्ट आएको थियो, जसले मुटुको दर बढाएको थियो ।

अधिकारीले भने, “हाल लक्षणहरू गम्भीर छैनन्, तर जटिलता उत्पन्न भएमा अवस्था गम्भीर हुनसक्छ । उचित उपचार भएमा उहाँ निको हुन सक्नुहुन्छ तर तीन दिनसम्म आराम र औषधि आवश्यक छ ।”

सावधानीका लागि चिकित्सकहरूले उनलाई इन्टेन्सिभ केयर युनिट आइसियुमा स्थानान्तरण गर्ने निर्णय गरेका छन् ।

सुरुमा उनलाई जेल अस्पतालमा भर्ना गरिएको थियो, तर मेडिकल मूल्याङ्कनले त्यहाँ आवश्यक विशेषज्ञ उपचार उपलब्ध नभएको देखाएपछि कोलम्बो राष्ट्रिय अस्पतालमा सारिएको थियो ।

न्युजवायर लङ्काका अनुसार, राज्य कोष दुरुपयोग गरेको आरोपमा उनलाई शुक्रबार पक्राउ गरिएको थियो । उनीमाथि लन्डनको निजी भ्रमणको खर्च सरकारी कोषबाट भुक्तानी गरेको आरोप छ । उक्त निजी भ्रमणका क्रममा उनले लन्डनमा विश्वविद्यालयको स्नातक समारोहमा भाग लिएका थिए । अनुसन्धानकर्ताहरूले यो भ्रमण आधिकारिक नभए पनि सरकारी खर्चमा भएको दाबी गरेका छन् ।

छ पटक प्रधानमन्त्री बनेका रनिल विक्रमसिङ्घेले सन् २०२२ जुलाईमा गोटाबाया राजापाक्षलाई विरोध प्रदर्शनले हटाएपछि श्रीलङ्काको अन्तरिम राष्ट्रपति बनेका थिए ।

उनी सन् २०२४ सेप्टेम्बरमा राष्ट्रिय जनशक्तिका नेता अनुरा कुमारा दिसानायकेसँग राष्ट्रपति चुनावमा पराजित भएका थिए ।

-रासस

प्रकाशित मिति : ९ भाद्र २०८२, सोमबार  ५ : १४ बजे

नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो

काठमाडौं– नबिल बैंक लिमिटेडले त्रिशूली जलविद्युत् कम्पनी लिमिटेड आयोजनाको काउन्टर

रास्वपाले प्रधानमन्त्रीसँग खोज्यो चुनावी सुरक्षाको ग्यारेन्टी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले फागुन २१ गतेको निर्वाचनको वातावरण बनाउन

‘जलाइएका संरचना टुलुटुलु हेर्दै गाउँ जान सकिँदैन, फागुन २१ मा निर्वाचन हुँदैन’

काठमाडौं- आगामी फागुन २१ गते तय प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीबारे

महेशलाई सिंहदरबार पठाएका केपी साथमा शंकर लिएर पुगे शेरबहादुर भेट्न

काठमाडौं- सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीले आयोजना गरेको सर्वपक्षीय छलफल चलिरहँदा

अनौपचारिक क्षेत्रमा काम गर्ने महिलाले पाएनन् उचित पारिश्रमिक 

धादिङ– निर्माण, कृषि तथा अन्य अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरूले