इजरायली राजदूतले भने- विपीनसहितका बन्धकलाई छुटाउन नसकेकोमा दु:खी छौँ | Khabarhub Khabarhub

इजरायली राजदूतले भने- विपीनसहितका बन्धकलाई छुटाउन नसकेकोमा दु:खी छौँ


९ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालका लागि इजरायलका राजदूत शामुलिक अरी बासले राप्रपा नेपालका अध्यक्ष कमल थापासँग सोमबार भेटवार्ता गरेका छन् ।

पूर्वउपप्रधानमन्त्री तथा पराराष्ट्रमन्त्री थापाले भेटका क्रममा वर्तमान अवस्थामा बदलिँदो भूराजनीतिक आयाम र यसले थपेका जटिलताले क्षेत्रीय शान्ति मूलतः मध्यपूर्वमा पनि असर पारेको बुझ्न सकिने बताए ।

राजदूतले राखेका सरोकारका विषयमाथि नेपाल सरकारको सरोकारवाला निकायसम्म पुर्‍याउने उनले बताए ।

क्षेत्रीय शान्तिका लागि एउटा जिम्मेवार राष्ट्रको रुपमा इजरायलले चालु युद्धको समाप्ति लगायत स्थायी शान्तिमा महत्वपूर्ण दायित्व निर्वाह गर्ने कुरामा थापाले विश्वास ब्यक्त गरे ।

इजरायलले नेपाली श्रमिकलाई रोजगारीको अवसर उपलव्ध गराएको, विद्यार्थीलाई तालिम र कृषिलगायतका अन्य क्षेत्रमा दिएको सहयोगका लागि थापाले धन्यवाद दिए ।

हमासको बन्धकका रुपमा रहेको विपीन जोशीको रिहाइका लागि आवश्यक पहल लगायत गाजामा देखिएको भोकमरीसहितका मानवीय संकट यथाशीघ्र समाधान गर्न उनले इजरायली पक्षसँग अनुरोध गरेका छन् ।

भेटका क्रममा राजदूतले हमासले इजरायलमाथि गरेको आक्रमणमा १० जना नेपाली विद्यार्थीको ज्यान गएको स्मरण गरे । उनले नेपाली युवा विपीन जोशीलाई बन्धक बनाएको विषयमा दुःख व्यक्त गरे ।

पार्टीका अन्तर्राष्ट्रिय सम्बन्ध विभागका सदस्य-सचिव राजाराम बर्तौलाका अनुसार ६७० दिनसम्म पनि विपीन लगायत बन्धकलाई छुटाउन नसकिएकोमा इजरायली राजदूतले दुःख व्यक्त गरे ।

हमासको बन्धकमा अझै ५० जनाभन्दा बढी रहेका छन् । जसमध्ये बीसजना जीवितै रहेको उनले बताए । विपीन जोशीका आमा र बहिनीलाई इजरायल लगेर बन्धक छुटाउन अन्तराष्ट्रिय दबाब दिइएको पनि उनले बताए ।

नेपाल र इजरायलबीचको कुटनीतिक सम्बन्धको चर्चा गर्दै उनले आपसी हितका कृषि, प्राविधिक, शैक्षिक, श्रमलगायत विविध क्षेत्रमा सहयोग गर्दै आएको स्मरण गरे ।

विपीनलाई हमासले बन्धक बनाएपछि नेपाल सरकारले ‘लर्न, अर्न एण्ड रिटर्न’कार्यक्रमअन्तर्गत अध्ययनका लागि इजरायल जाने विद्यार्थीलाई रोकेको भन्दै यो अवरोध हटाइदिन राजदूतले अनुरोध गरे ।

प्रकाशित मिति : ९ भाद्र २०८२, सोमबार  ५ : २७ बजे

मनाङ प्रदेशसभामा उपनिर्वाचनका लागि सर्वोच्चले खोलिदियो बाटो

काठमाडौँ- मनाङ प्रदेशसभा क्षेत्र नं. २ मा आगामी कात्तिक १७

वीरगञ्जमा फैलिएको हैजा नियन्त्रणका लागि सुरक्षा निकायले समन्वय गर्ने

जनकपुर– वीरगञ्जमा फैलिएको हैजा नियन्त्रणका लागि सुरक्षा निकायले समन्वय तथा

पशुपतिनाथमा तीजको तयारी पूरा

काठमाडौं– हरितालिका (तीज) पर्वमा पशुपतिनाथ दर्शनका लागि सबै तयारी पूरा

सुरक्षा निकायका कार्यालयहरूलाई २६ थान सवारिसाधन वितरण

महेन्द्रनगर– मधेस प्रदेश सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालयले प्रदेशस्थित

भियतनामी उपराष्ट्रपति पुगिन् पाटन दरबार स्क्वायर (तस्बिरहरू)

ललितपुर- नेपालको तीन दिने औपचारिक भ्रमणमा रहेकी  भियतनामका उपराष्ट्रपति वो