दशैँमा घर नजाउँ, मन मान्दैन : यात्रा गर्न जताततै सडकको अवरोध « Khabarhub

दशैँमा घर नजाउँ, मन मान्दैन : यात्रा गर्न जताततै सडकको अवरोध

असोजको झरीले चाडपर्वमा यात्रुलाई सास्ती



काठमाडौं – सडकको अवस्था असहज हुँदा दशैँमा घर हिँडेका हजारौँ यात्रु अलपत्र परेका छन् । काठमाडौंबाट देशका विभिन्न जिल्लामा दशैँ मनाउन हिँडेका सर्वसाधारण अलपत्र परेका हुन् । कतै सुख्खा पहिरोले सडक अवरुद्ध छन् भने कतै अविरल वर्षाका कारण सडक अवरुद्ध छन् ।

सबैभन्दा सास्ती मुग्लिन–नारायणढ खण्डले दिएको छ । तुइन खोला नजिक निरन्तर झरेको पहिरोले यो सडक भएर यात्रा गर्ने यात्रु सबैभन्दा बढी सास्ती भोग्न बाध्य भएका हुन् ।

मंगलबार साँझदेखि पुनः अवरुद्ध यो सडक बिहीबार साँझसम्ममा खुल्ने सम्भावना कम देखिन्छ । शुक्रबार साँझ इच्छाकामना गाउँपालिकास्थित तुइन खोलामा खसेको पहिरो पन्छाएर एकतर्फी रुपमा खुलाइएको सडक मंगलबारदेखि फेरि बन्द भएको हो।

मंगलबार एक सय ६० मिटरमा फैलिएर करिब १७ हजार घनमिटर ढुङ्गा माटोसहितको पहिरो खस्यो । उक्त पहिरोका कारण काठमाडौंदेखि देशभर दशैँ मनाउन फर्किरहेका सर्वसाधारण समस्यामा परेका छन् । पूर्व–पश्चिम राजमार्गसम्म पुग्नका लागि मुग्लिन–नारायणढ खण्डको एउटा मात्रै विकल्प (काठमाडौं–पोखरा) पृथ्वी राजमार्ग हो । यतिबेला उक्त राजमार्गमा सवारीको चाप बढेको छ । यात्रुहरु समयमै गन्तव्यमा पुग्न सकेका छैनन् । झरिका कारण देशभरीका अन्य सडकमा पनि उस्तै सास्ती छ । दशैँका लागि घर जाँदै गरेका यात्रुले ज्यान नै जोखिममा पारेर यात्रा गर्नुपरेको छ ।

काठमाडौंबाट स्याङ्जा जादै गरेकी सिर्जना भण्डारी रातको दुई बजेसम्म जाममै बस्नु परेको बताउँछिन् । ‘आज नाइटमा स–परिवार घर जाँदै छौं, वर्ष दिनको पर्व घर नजाँदा पनि मान्दैन । राति दुई बजेसम्म जाममा बसेका छौँ ।’

मुग्लिन–नारायणखण्ड कटेपछि गैडाकोटबाट कालीगण्डकी करिडोर हुँदै जाँदा समयमै पुग्ने गरेको उनको अनुभव छ । त्यो सडकसमेत ठप्प हुँदा अहिले यात्रा असहज बनेको हो ।

दशैँको टीकाको दिन नजिकिँदै गर्दा ठूलो सङ्ख्यामा सर्वसाधारण आवतजावत गर्ने भएकाले आवतजावतमा कठिनाइ भएको पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी लिमिटेडका अध्यक्ष ऐनकुमार शाहीले बताए । उनले भने, ‘मुग्लिन–नारायणगढ खण्डमा सडक यातायात प्रभावित भएसँगै नेपालका पश्चिमी क्षेत्रमा जाने सवारीसाधन पोखरा हुँदै जान थालेका छन्, यो राजमार्गमा सवारीसाधनको चाप बढेको छ ।’

लगातार पहिरो जान थालेपछि मुग्लिन–नारायणगढ सडकखण्ड बन्द गरी सडक विभागले रातिको समयमा समेत पहिरो पन्छाउने काम गरिरहेको जनाएको छ ।

‘करिब १८ मिटर माथिबाट ढुङ्गा माटो खसिरहेको छ, चार वटा लोडर र एउटा एक्साभेटरले पहिरो पन्छाउने काम गरिरहेको छ, जोखिम छ सुरक्षित भएरै काम गर्नुपर्यो फेरि अवरोध थपिएन भने बिहीबार साँझसम्ममा सडक खुलाउन सकिन्छ,’ सडक विभागका उपमहानिर्देशक प्रभातकुमार झाले भने ।

सडक माथिबाट करिब १७ हजार घनमिटर बराबर ढुङ्गा र माटो झरेको उनको भनाइ छ । पहिरो पन्छाउन पाँच घनमिटर क्षमताका ३४ सय टिपरको आवश्यकता रहन्छ ।

यता स्थानीयले भने विभागले न्यून संख्यामा उपकरण परिचालन गरेका कारण पहिरो पन्छाउन समय लागिरहेको भन्दै सामाजिक सञ्जालमा विरोध जनाएका छन् ।

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहीबार  ९ : ४१ बजे

किरण गुरुङ भन्छन् : लज्जास्पद हारको जिम्मा नेतृत्वले लिनैपर्छ, अन्टसन्ट कुरा गरेर उम्किन पाइँदैन

काठमाडौं- नेकपा एमालेका नेता किरण गुरुङले फागुन २१ को निर्वाचनमा

इरानको दाबी– इजरायली गोप्य एजेन्सीको कार्यालय र दुईवटा एयरबेसमा हमला

तेहरान- इरानले ड्रोनमार्फत इजरायलका दुईवटा एयरबेस र गोप्य एजेन्सीको मुख्यालयमा

इराकमा अमेरिकी तेल ट्यांकरमाथि हमला, एक भारतीयको मृत्यु

काठमाडौं– इराकको बसरा नजिक कच्चा तेल बोकेको अमेरिकी ट्यांकरमाथि भएको

अमेरिका नै भन्छ : इरानको सत्ता तत्काल ढल्न सक्ने देखिएन

वासिङ्गटन- अमेरिकी सरकारकै एक रिपोर्टले इरानको वर्तमान सरकार तत्कालै ढल्न

सीजीले ल्यायो एसीमा ‘फ्री सर्भिसिङ क्याम्प’ र एक्सचेन्ज अफर

काठमाडौं– सीजीले गर्मी मौसम सुरु हुनुअघि नै ‘फ्री एसीसर्भिस क्याम्प’ र आकर्षक ‘एक्सचेन्ज अफर’