ट्राफिक व्यवस्थापन गर्न २५ सय ट्राफिक कोन र १,२५० रिट्र्याक्टेबल बार सडकमा राखिँदै | Khabarhub Khabarhub

ट्राफिक व्यवस्थापन गर्न २५ सय ट्राफिक कोन र १,२५० रिट्र्याक्टेबल बार सडकमा राखिँदै


९ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाको शहरी व्यवस्थापन विभागअन्तर्गत यातायात तथा सडक सुरक्षा स्वर्णिम योजनाले ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउनका लागि अन्तर्राष्ट्रिय गुणस्तरअनुसारका ट्राफिक कोन र रिट्र्याक्टेबल बार सडकमा राख्न सुरु गरेको छ । यी सामाग्रीहरू नेपालमा नै उत्पादन भएका हुन् । 

आर्थिक वर्ष २०८०/८१ मा नै यी सामाग्रीहरू खरिद गर्ने योजना भएता पनि विभिन्न प्रक्रियागत चुनौतीका कारण २०८१-८२ मा खरिद गरिएको हो । जसले ट्राफिक व्यवस्थापनमा  महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

सहरी योजना आयोगका सहायक विज्ञ (ट्राफिक तथा यातायात इन्जिनियरिङ) अनुकूल निधिका अनुसार, ट्राफिक कोनको उचाइ ९०० देखि १,००० मिलिमिटर  सम्मको छ । पहिले पहिले सडकमा राखिने कोन भन्दा अहिलेको कोनको आकार ठुलो भएकाले सवारी चालकहरूलाई अनुशासित बनाउने अपेक्षा गरिएको जानकारी दिए । 

यी कोनहरू तल प्वालरहित र ३ देखि ५ केजी तौलका छन् । यसले बाइक चालकहरूले कोन हटाउने प्रवृत्तिलाई पनि निरुत्साहित गर्ने समेत निधिले बताए ।

‘यी कोनहरू राति पनि स्पष्ट देखिन्छन् । एक सेटमा दुई ट्राफिक कोन र एउटा २ मिटर लामो टेलिस्कोपिक रिट्र्याक्टेबल बार (जसले दुई कोनलाई जोड्छ) राखिएको छ । यसरी १,२५० सेट खरिद भएका छन्, जसमा कुल २५ सय कोन र १,२५० बार छन् ।’ निधिले थपे, ‘यी सामग्रीहरू काठमाडौंका मुख्य सडक खण्डहरूमा च्यानलाइजेसनको कमी र दक्षिण एसियाली ड्राइभिङ व्यवहार (खाली ठाउँमा तरल पदार्थजस्तै गाडी चढ्ने प्रवृत्ति) लाई सम्बोधन गर्न सक्ने छ ।’
 
ट्राफिक इन्जिनियरिङका सिद्धान्तअनुसार, सडक चौडा नगरी च्यानलाइजेसन नै ट्राफिक व्यवस्थापनको आधार हो । सहायक विज्ञ निधिका अनुसार पहिलो चरणमा बुधबार यी कोनहरू तीन स्थानमा प्रयोग गरियो, सिंहदरबारदेखि भद्रकाली, सिंहदरबारदेखि माइतीघर र पद्मोदय मोड । विशेषगरी भद्रकालीबाट सिंहदरबारतिरको क्षेत्रमा लस्कर आकारमा कोन राख्दा विपरीत दिशाबाट आउने सवारीको चापलाई न्यूनीकरण गर्ने छ । जसले सहजै बायाँ तर्फ मोडिने सवारीले (माइतीघरदेखि भद्रकाली तर्फ) लेन निर्बाध रूपमा प्रयोग गर्न सक्ने छन् । जसले दुर्घटना र ट्राफिक जामको समस्या घटाउने छ ।

कोन राख्ने काम काठमाडौं महानगरपालिका, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र यातायात तथा सडक सुरक्षा योजनाको प्राविधिक टिमसँगको सहकार्यमा सम्पन्न गरेको हो । 

‘ट्राफिक व्यवस्थापन साझा समस्या र समाधान हो। सहकार्य नै यसको आधार हो।’ सहायक विज्ञ निधिले थप्नु भयो ‘यी कोनहरूको  ब्याचवाइज प्रयोग गरी सरसफाइ गरेर पुनः प्रयोग गर्न सकिन्छ।’ 

सडक प्रयोगकर्ता देखि व्यवस्थापन गर्ने निकायहरू हुँदै ट्राफिक प्रहरीसम्म सबैको भूमिका र सहकार्य नै यसको आधार हो। ट्राफिक व्यवस्थापन गर्न ‘डेटा-आधारित’ वैज्ञानिक दृष्टिकोण, आधुनिक प्रविधि र स्थलगत व्यावहारिक व्यवस्थापन प्रविधिको भूमिका अनिवार्य भएको निधिले बताए ।

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहीबार  ११ : २० बजे

ज्वाङखोला पहिरोले अवरुद्ध पृथ्वीराजमार्ग सुचारु 

काठमाडौं– धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० स्थित ज्वाङखोला र तिङराङखानीमा पहिरोका

बाबुरामले भने- पुराना दलहरू नसच्चिने भए सक्किन तयार हुनु पर्छ

काठमाडौं- नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराईले

तुईन खोला पहिरो : यात्रुलाई निःशुल्क बससेवा

चितवन– नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत तुईन खोलामा पहिरोमा फसेका यात्रुलाई

महासचिवको प्रस्तावमा माओवादी नेताहरूको आपत्ति, बैठकको सुरूमै विरोधमा उत्रिए

काठमाडौं- नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको सातौँ पूर्ण बैठक बिहीबारबाट

झोलुङ्गे पुललाई सजावट : आन्तरिक पर्यटकको नयाँ आकर्षण

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडी गाउँ नजिकैको अनौखी खोला, बीचमा कलकल