केन्द्रीय समिति विघटन गर्दै प्रचण्डले भने- मलाई अध्यक्ष पदमा टाँसिएर बसिरहन मन छैन « Khabarhub

केन्द्रीय समिति विघटन गर्दै प्रचण्डले भने- मलाई अध्यक्ष पदमा टाँसिएर बसिरहन मन छैन


९ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


666
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको सातौँ पूर्ण बैठक बिहीबारबाट काठमाडौंमा सुरू भएको छ ।

प्रज्ञा भवन कमलादीमा बसेको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनितिक एवम् संगठनात्मक प्रस्ताव राखेका छन् ।

प्रचण्डले अहिलेको केन्द्रीय समिति विघटन गर्दै विशेष महाधिवेशनमा जानका लागि आफ्नो नेतृत्वमा आयोजक कमिटी बनाउने प्रस्ताव राखेका हुन् ।

त्यस्तै उनले तोकिएको समयमा नै निर्वाचन हुनुपर्ने र पार्टीको ध्यान निर्वाचनमा केन्द्रित गर्नुपर्नेमा जोड दिएको बैठकमा सहभागी माओवादी नेताहरूले बताएका छन् ।

प्रचण्डले यतिबेला देश इतिहासकै गम्भीर संटमा परेको बताएका छन्। उनले यस्तो अवस्थामा आफू जिम्मेवारीबाट भाग्न नसक्ने पनि बताएका छन्।

जेन-जी आन्दोलन र उत्पन्न भएको अवस्थाबारे पार्टीको धारणा बनाउन सुरू भएको बैठकलाई सम्बोधन गर्दै उनले जिम्मेवारीबाट नभाग्ने भने पनि अध्यक्ष पदमा टाँस्सिरहन नचाहेको बताएका छन् ।

‘जिम्मेवारीबाट पन्छिने, पलायन हुने र अब पुग्यो भन्ने पक्षमा छैन, तर मलाई पदमा बसिरहनुपर्छ भन्ने लाग्दैन’, उनले भनेका छन्, ’एउटा निश्चित विधि र प्रकृयाबाट नयाँ नेतृत्वमा जानु पर्छ । कसैलाई टीको लगाएर हुँदैन। अहिले जसरी कुरा उठेको छ, यो विषय संवेदनशील हो, यसबारे सोच्नै पर्छ। मैले अध्यक्ष पदमा बसिरहनुपर्छ भन्ने ठानेको छैन। अहिले देश जुन बिन्दुमा आइपुगेको छ, पहिले कहिल्यै थिएन। नेतृत्वबारे प्रश्न उठेको छ। हामी यसबारे कुरा गर्छौँ ।‘

प्रचण्डले राखेको राजनितिक एवम् संगठनात्मकमाथि प्रदेशअनुसार प्रतिनिधि विभाजन गरि छलफल हुने र समूहका नेताले बैठकमा रिपोर्टिङ गर्ने माओवादीले जनाएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहीबार  १ : २३ बजे

बसाहा क्लब कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको फाइनलमा

सुनसरी – इटहरीमा जारी तेस्रो संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण स्वर्गीय पूर्वप्रधानमन्त्री

निर्वाचनमा प्रतिमतदाता २८४ रुपैयाँ खर्च

काठमाडौं- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता

निर्वाचन आयोगको चुनाव खर्च ३ अर्ब ५४ करोड २८ लाख

काठमाडाैँ- मितव्ययिता र स्थानीय स्रोतको अधिकतम प्रयोगका कारण निर्वाचन आयोगले

पोखरामा प्याराग्लाइडिङ प्रतियोगिता

गण्डकी – पोखरामा आजदेखि ‘नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप’ प्रतियोगिता सुरु

सर्लाहीमा पोखरीमा डुबेर युवकको मृत्यु

सर्लाही – सर्लाही सदरमुकाम मलङ्गवामा आज पोखरीमा डुबेर एक युवकको