तुईन खोला पहिरो : यात्रुलाई निःशुल्क बससेवा | Khabarhub Khabarhub

तुईन खोला पहिरो : यात्रुलाई निःशुल्क बससेवा


९ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत तुईन खोलामा पहिरोमा फसेका यात्रुलाई लक्षित गर्दै निःशुल्क बस सेवा थालिएको छ ।

 नेपाल प्रहरीले विगत दुई दिनदेखि पहिरोबाट रोकिएका यात्रुलाई लक्षित गर्दै निःशुल्क बस सेवा सुरु गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार मंगलबारदेखि पहिरोले रोकिएका यात्रुहरूलाई  बस सेवा सुरु गरिएको हो । प्रहरी स्कुल शान्तिपुरका दुईवटा बसले निःशुल्क सेवा दिइरहेको उनले जानकारी दिए ।

तनहुँतर्फको बाटो हुँदै पाँच किलोको पुलसम्म आएका यात्रुहरूलाई लक्षित गरेर बससेवा सञ्चालनमा ल्याइएको हो । 

उनले भने ,’पहिरोका कारण हिँड्दै आएका यात्रुलाई भरतपुरसम्मको लागि निःशुल्क बससेवा सञ्चालनमा ल्याएका हौँ।’

पहिरोका कारण लामो समयसम्म सडक खुल्ने सम्भावना नभएपछि अलपत्र परेका वा हिँड्दै आएका यात्रुलाई निःशुल्क बसको व्यवस्था गरिएको उनले जानकारी दिए ।

पाँच किलोमा यात्रु जम्मा भएपछि प्रहरीले खबर गरेर बस पठाउने गरेको छ । सुरुको दिन पहिरो खसेको स्थानबाटै यात्रुहरू ल्याइएको भए पनि आजदेखि पाँचकिलोबाट यात्रुलाई ल्याउन थालिएको हो । सडक अवरुद्ध भएपछि यात्रुहरूले पैदल हिँडेर वैकल्पिक मार्ग अपनाउनुपरेको छ । 

पहिरो समय समयमा खसेकाले पन्छाउन कठिन भएको हो । शुक्रबारसम्ममा पहिरो पन्छ्याइ सक्ने अनुमान गरिएको छ । गत शुक्रबार खसेको पहिरो पन्छ्याएर सडक सञ्चालनमा ल्याइएको भए पनि पुन मंगलबार पहिरो खसेर सडक अवरुद्ध भएको छ । आज पनि बिहानैदेखि पहिरो पन्छ्याउने काम भइरहेको छ ।
 

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहीबार  १ : ५४ बजे

वैतेश्वरमा चट्याङ र हावाहुरी : ८ सय रुख ढले, विद्युत् अवरुद्ध 

दोलखा -जिल्लाको वैतेश्वर गाउँपालिका वडा नम्बर-६ र ७ मा बुधबार

जेन-जीका नाममा सर्वस्व जलाइएपछि पूर्णबहादुरको गुनासो : काठमाडौंमा मेरो घर र जग्गा छैन भन्दा कोही पत्याउँदैन

काठमाडौं- नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले जेन–जी आन्दोलनका नाममा भएको

माओवादीले पार्टी नेतृत्वको बहसलाई तार्किक निष्कर्षमा पुराउने

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी नेतृत्वको

प्रचण्डले जेन-जी विद्रोहको दोष ओली नेतृत्वको सरकारलाई थोपरे

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भदौ २३

सडकको समस्याले बढ्यो हवाई चाप (तस्बिरहरू)

काठमाडौं– मुग्लिन-नारायणघाट सडक अवरुद्ध भएपछि दशैंका लागि बाहिर जाने यात्रुहरूको