व्यवसायीक वातावरण पुनरुत्थानका लागि शान्ति सुरक्षा पहिलो सर्त : अध्यक्ष ढकाल  « Khabarhub

व्यवसायीक वातावरण पुनरुत्थानका लागि शान्ति सुरक्षा पहिलो सर्त : अध्यक्ष ढकाल 


९ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले व्यवसायीक वातावरण पुनरुत्थानका लागि शान्ति सुरक्षा पहिलो सर्त भएको बताएका छन् । बुधबार विराटनगर भन्सार कार्यालयमा भन्सार जाँच पासमा स्वचालित मूल्याङ्कन प्रणाली उद्घाटन कार्यक्रममा बोल्दै उनले सो धारणा राखेका हुन् । 

उनले भाद्र २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा भएको घुसपैठबाट व्यापक तोडफोड एवं आगजनीका घटनाले सरकारी तथा निजी उद्योग प्रतिष्ठान तथा व्यक्तिगत सम्पत्तिमा अकल्पनीय क्षति भएको र यसले आम मानिस तथा उद्योगी व्यवसायीको मनोबल कमजोर बनाएको बताए । 

‘त्यो घटनापछि उद्योगी व्यवसायीको मनोबल कमजोर भएको छ । लगानीको लागि उच्च मनोबल चाहिन्छ । मनोबल उकास्न शान्ति सुरक्षा चाहिन्छ ।’ उनले भने, ‘भ्रष्टाचार नियन्त्रण, सुशासन, मुलुकमै रोजगारीको अवसरको सिर्जना, राजश्वको सदुपयोग जस्ता युवाहरूको चाहना निर्बाध पेसा व्यवसाय गर्ने अधिकारको सुनिश्चितता र लगानी एवं रोजगारी प्रवर्द्धनको कारणले मात्र सम्भव हुने भएकोले यसको लागि उपयुक्त वातावरण सिर्जना गर्न आवश्यक छ ।’

अध्यक्ष ढकालले जेन-जी आन्दोलन पछि क्षति भएका पूर्वाधार निर्माणमा सरकारले स्रोत सङ्कलनलाई आव्हान गरेको अवस्थामा संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) को रकम ल्याउन सकिने तर त्यसको लागि सिएसआरको रकम खर्च लेख्न पाउने व्यवस्था आवश्यक रहेको धारणा राखे ।  

यस्तै उनले भन्सार जाँच पासमा स्वचालित मूल्याङ्कन प्रणाली लागू हुनु सकारात्मक भएको र यसले मिय र कागजी प्रक्रियाको झन्झट समाप्त हुने बताए । 

‘भन्सार मुल्यांकनको हकमा हेर्ने हो भने आज हामी नयाँ चरणमा प्रवेश गरेका छौ । अहिलेसम्म सन्दर्भ मूल्यका आधारमा भन्सार मुल्यांकन हुने गरिएको थियो । यो वैज्ञानिक नभएको गुनासो उद्यमी व्यवसायीको थियो ।’ उनले भने, ‘हामीले भने ग्याट भ्यालुएसन अनुसार अनलाइन मुल्यांकन गर्न सकिने सम्भावना केही वर्षदेखि सरकारलाई देखाउँदै आएका थियौ ।’

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहीबार  २ : ५६ बजे

जलजलाको सम्भावना उल्झाउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

म्याग्दी– प्रशस्त पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेको जलजलाको सम्भावना

‘ककरोच जनता पार्टी’ लाई काउन्टर दिन ‘ओगी जनता पार्टी’

काठमाडौं- भारतमा भाइरल भइरहेकाे ककरोच जनता पार्टीलाई काउन्टर दिन ओगी

मुस्ताङको लोमन्थाङ गाउँपालिकामा कर सेवा सुरु

मुस्ताङ– उपल्लो मुस्ताङस्थित लोमन्थाङ गाउँपालिकामा कर सेवा सुरु गरिएको छ

विश्वका सबैभन्दा तातो ७० सहर भारतमै, महाराष्ट्रको ब्रह्मपुरीमा लगातार दोस्रो दिन सबैभन्दा गर्मी

नयाँदिल्ली– विश्वका सबैभन्दा तातो ७० सहरमध्ये सबै भारतका रहेका छन्।

निकुञ्जका वन्यजन्तुलाई नहरको पानी

चितवन– निकुञ्ज र बरण्डाभार क्षेत्रमा रहेका वन्यजन्तुलाई आवश्यक पानीका लागि