प्रचण्डले जेन-जी विद्रोहको दोष ओली नेतृत्वको सरकारलाई थोपरे « Khabarhub

प्रचण्डले जेन-जी विद्रोहको दोष ओली नेतृत्वको सरकारलाई थोपरे


९ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भदौ २३ र २४ गते भएको जेन-जी पुस्ताको विद्रोह तत्कालीन सरकारका कारण भएको निष्कर्ष सुनाएका छन् ।

बिहीबारदेखि सुरू केन्द्रीय समितिको बैठकमा राजनितिक एवम् संगठनात्मक प्रस्ताव पेश गर्दै प्रचण्डले जेन-जी पुस्ताको विद्रोह तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको असफलताको परिणा भएको बताएका हुन् ।

‘जेन-जी विद्रोह मुख्य जिम्मेवार तत्कालीन सरकार हो’, उनले बैठकमा भने, ‘जनताको आक्रोशलाई सम्बोधन गर्ने भन्दा सरकार भ्रष्टाचार र बदमासीमा लिप्त भएकै परिणाम यो विद्रोह भएको हो ।’

प्रचण्डले यतिबेला देश इतिहासकै गम्भीर संटमा परेको पनि बताएका छन्। उनले यस्तो अवस्थामा आफू जिम्मेवारीबाट भाग्न नसक्ने पनि बताएका छन्।

जेन-जी आन्दोलन र उत्पन्न भएको अवस्थाबारे पार्टीको धारणा बनाउन सुरू भएको बैठकलाई सम्बोधन गर्दै उनले जिम्मेवारीबाट नभाग्ने भने पनि अध्यक्ष पदमा टाँस्सिरहन नचाहेको बताएका छन् ।

तर उता उपमहासचिव जनार्दन शर्मा प्रभाकरले अहिले देखिएको जेन-जी विद्रोह पार्टीले जनयुद्धको बाटो भुलेको परिणाम भएको बताएका छन् । उनले सबै पदाधिकारीले राजीनामा दिएर प्रचण्डकै नेतृत्वमा निर्देशक समिति बनाउनुपर्ने अडान राखेका छन् ।

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहीबार  ३ : ५८ बजे

हिमपातले अवरुद्ध नाग्म–गमगडी सडक सञ्चालन

जुम्ला– शनिबारको भारी हिमपातले बन्द भएको कर्णाली राजमार्गअन्तर्गत नाग्म–गमगढी सडकखण्डको

‘ब्लु हिल’मा धमाधम पर्यटकीय पूर्वाधार निर्माण गरिँदै

गलकोट– यहाँको बागलुङ नगरपालिकाको गौरवको आयोजनाका रुपमा रहेको वडा नं

भारत–युरोप व्यापार सहमति ऐतिहासिक

एजेन्सी– भारत र युरोपेली सङ्घ (ईयु) बीच करिब दुई दशकदेखि

बालेन, महेश, हर्क र निकोलसलाई स्पष्टीकरण

काठमाडौं– निर्वाचन आयोगले चार जना उम्मेदवारसँग लिखित स्पष्टीकरण मागेको छ। 

पन्चैबाजा संरक्षणमा जुटे विद्यार्थी

ढोरपाटन– बागलुङमा विद्यालयस्तरबाटै मौलिक पन्चैबाजा संरक्षण गर्न थालिएको छ ।