हरिवंशलाई प्रश्न : ‘हरिबहादुरको जुत्ता’ दशैँ प्रतिस्पर्धामा उत्रिनुको कारण के हो ? « Khabarhub

हरिवंशलाई प्रश्न : ‘हरिबहादुरको जुत्ता’ दशैँ प्रतिस्पर्धामा उत्रिनुको कारण के हो ?


९ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कलाकार हरिवंश आचार्यको लेखन र अभिनय रहेको फिल्म ‘हरिबहादुरको जुत्ता’ यस दशैँ बक्स अफिस प्रतिस्पर्धाको संघारमा छ ।

असोज १३ अर्थात्, फूलपातीबाट यो फिल्म प्रदर्शनमा आउँदैछ । अबको चार दिनमा यो फिल्म प्रदर्शनमा आउँदैछ । सँगै फिल्महरू ‘बलिदान’ र ‘माइतीघर’ पनि प्रदर्शनमा आउँदैछन् ।

हरिवंश आफैँमा अनुभवी मेकर हुन् । एक साथ तीन फिल्म प्रदर्शनमा आउँदा व्यापारमा प्रभाव पर्ने सम्भावना त्यसै नै उच्च रहन्छ ।

यो कुरा उनलाई थाहा नहुने कुरै भएन !

अर्को कुरा- प्रतिस्पर्धा गरेको सन्देश पनि जान्छ ।

तर, पनि यो फिल्म दशैँ रिलिज डेटबाट हलचल भएन । यो फिल्मबारे जानकारी दिन बिहीबार कुपन्डोलमा पत्रकार सम्मलेन गरिएको थियो ।

त्यहाँ उनले फिल्मकी नायिका स्वस्तिमा खड्काले पनि प्रदर्शन मिति हेरफेर गर्न आफूलाई सल्लाह दिएको सुनाए । तर, टिमको निर्णयअनुसार फिल्म प्रदर्शन आउन लागेको उनले बताए ।

भने, ‘म टिमको ठूलो उमेरको व्यक्ति हो । लेखक र कलाकार पनि हुँ । तर, मैले चाहेर प्रदर्शन मिति हेरफेर हुँदैन । टिमका अन्य व्यक्तिहरुको निर्णय बढी लागु हुन्छ ।’

दशैँमा फिल्म प्रदर्शनमा नल्याउँदा गलत सन्देश फैलिने जोखिम भएकाले पूर्वनिर्धारित मितिमै ल्याइएको उनले बताए ।

भने, ‘दशैँबाटपछि सर्‍यो भने भागेको भन्ने सन्देश जान्छ । त्यो फिल्मको कलाकारलगायत कुनै पक्षका लागि पनि राम्रो कुरा होइन ।’

दशैँमै फिल्म प्रदर्शनमा ल्याउनुको अर्को प्रमुख कारण ‘कथा’ रहेको बताए ।

जेन–जी आन्दोलनसँग मिल्दोजुल्दो कथा भएकाले कारण प्रदर्शन मिति पछि सार्दा ‘प्रभावित भएको’ टिप्पणी आउने सम्भावना बढ्ने भएकाले दशैँमा ल्याइएको उनले बताए ।

उनले भने, ‘हाम्रो फिल्मको कथा जेन-जी आन्दोलनसँग केही मिल्छ । पछि प्रदर्शन भयो भने जेनजी आन्दोलनबाट प्रभावित भएर फिल्म बनाएको रहेछ भन्ने टिप्पणी आउन सक्छ । त्यही भएर दशैँमा नै आउने निर्णय भयो ।’

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहीबार  ६ : ०६ बजे

मोहम्मद सालाह टर्की जाने तयारीमा

काठमाडौँ – लिभरपुलका पूर्वविङ्गर मोहम्मद सालाह फ्रि ट्रान्सफरमा टर्किस क्लब

नागढुंगा–सिस्ने खोला सुरुङमार्ग : शिलान्यासदेखि उद्घाटनको तयारीसम्म (तस्बिरहरू)

काठमाडौँ– काठमाडौँ र धादिङलाई जोड्ने गरी निर्मित नागढुंगा–सिस्ने खोला सुरुङ

विश्वकपमा चम्किएका केप भर्डेका गोलकिपर भोजिन्हा चिलीको क्लबमा अनुबन्‍ध

काठमाडौँ – फिफा विश्वकप २०२६ मा उत्कृष्ट प्रदर्शन गर्दै चर्चामा

ढिस्कोले पुरिएर एक किशोरको मत्यु

दाङ– दाङको राजपुर गाउँपालिकामा ढिस्कोले पुरिएर एक किशोरको मृत्यु भएको

बैतडी ट्राफिक प्रहरीले संकलन गर्‍याे १२ लाख ९८ हजार राजस्व

सुदूरपश्चिम– बैतडी ट्राफिक प्रहरीले एक हजार ५०८ जना सवारी नियम