सुरू भयो मतदाता नामावली संकलन, १६ वर्ष पूरा भई नागरिकता लिएकाले नाम दर्ता गराउन सक्ने « Khabarhub

सुरू भयो मतदाता नामावली संकलन, १६ वर्ष पूरा भई नागरिकता लिएकाले नाम दर्ता गराउन सक्ने

प्रतिनिधि सभा निर्वाचनको तयारी


९ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- निर्वाचन आयोगले आगामी फागुन २१ गते गर्ने गरी तोकिएको मध्यावधि निर्वाचनका लागि आगामी असोज ३० गतेसम्म मतदाता नामावली दर्ता गराउन सक्ने व्यवस्था गरेको छ ।

आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन मिति घोषणा भएसँगै स्थगित भएको मतदाता नामावली संकलन कार्य पुनः सुरू गर्ने भएको हो । आयोगका अनुसार कात्तिक ३० गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गर्न सकिनेछ।

आयोगले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार १६ वर्ष उमेर पूरा गरी नेपाली नागरिकताको प्रमाणपत्र लिएकाहरूले मतदाता नामावलीमा नाम दर्ता गराउन सक्नेछन् ।

नागरिकता लिएर पनि अहिलेसम्म मतदाता नामावलीमा नाम दर्ता नगराएका नागरिकहरूले बिहान ८ बजे देखि बेलुकी ६ बजेसम्म प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयमा दर्ता गर्न सक्ने आयोगले जनाएको छ।

यस अवधिमा नाम दर्ता मात्रै नभई विवाह वा बसाइँसराइका कारण स्थानान्तरण गर्नुपर्ने मतदाताले ठाउँसारी गर्न सक्नेछन् । नाम वा अन्य विवरणमा त्रुटि भए सच्याउनसमेत सकिने आयोगले जनाएको छ।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गर्न सबै योग्य नेपाली नागरिकलाई नामावलीमा अनिवार्य नाम दर्ता गर्न आयोगले भनेको छ।

आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईले भने, ‘स्वतन्त्र र निष्पक्ष निर्वाचन नै राष्ट्रको गौरव हो। त्यसैले योग्य नागरिकहरूले समयमा नै नाम दर्ता गरी आफ्नो अधिकार सुनिश्चित गर्न आवश्यक छ।’

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहीबार  ६ : ०३ बजे

हलेसी तुवाचुङका तीन विपन्न परिवारले पाए भूकम्प प्रतिरोधी घर

खोटाङ – हलेसी तुवाचुङ नगरपालिकाले आफ्नै लगानीमा घर निर्माण गर्न

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

तीन वर्षीया बालिका हत्या प्रकरण: सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति

काठमाडौँ – बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल भदौ ७ गते आइतबार सन् २०२६

आज २०८३ साल भदौ ७ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ७ गते आइतबार सन् २०२६