हुम्लाको डाँडाफयामा भालुको आतंक « Khabarhub

हुम्लाको डाँडाफयामा भालुको आतंक


८ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिमकोट– यतिबेला हुम्लाको सिमकोट सिमकोट गाउँपालिका–७, डाँडाफया गाउँमा भालुले आतंक मच्चाएको छ । 

डाँडाफया गाउँका स्थानीयको घरआँगनमै भालु पसेर मौरीघारदेखि भेडाबाख्रा खोरसम्म तोडफोड गर्न थालेको छ । गाउँमा यतिबेला भालु पसेर मौरीघारमा तोडफोड गरी मह खाएर नोक्सानी गर्ने गरेको स्थानीय मन्दिर सिंहले बताए। 
  
यो महिना मह निकाल्ने मुख्य सिजन चलिरहेका बेला भालुले मौरीघार नष्ट गरेपछि किसानहरू चिन्तित भएको सिंहले बताए। मौरीको मह बिक्री गरेर घरखर्च चलाउने योजना बनाएका किसानहरू अहिले आर्थिक नोक्सानीमा परेको उनको भनाइ छ । 
   
स्थानीय मौरीपालक देवी शाहीका दुई वटा, धनबहादुर शाही ९सार्की० का तीन वटा र जङ्गसुर शाहीका तीन वटा गरी आठ वटा मह निकाल्ले तयारीका मौरीघारमा भालुले क्षति गरेको छ । 

सिंहका अनुसार देवी शाहीको घरमा रहेको कुकुर समेत भालुले मारेको छ । अहिले मौरीको घारमा भालुले क्षति गरेको छ । भालुलाई नियन्त्रण नगरेमा गाउँमा पशु चौपायदेखि मानवीय क्षतिसम्म हुनसक्ने भएकाले भालुलाई नियन्त्रण गर्ने उपाय निकाल्न स्थानीयले आग्रह गरेको सिंहले जानकारी दिए । 

भालु नियन्त्रणमा नलिए जनधनको क्षति हुनसक्ने भन्दै गाउँका सबैलाई सावधानी अपनाउन र बस्ती नजिकको जङ्गलमा नजान आग्रह गरिएको छ । 
 

प्रकाशित मिति : ८ कार्तिक २०८२, शनिबार  १० : २९ बजे

थारु समुदायको माघीमा हराउँदै मुसाको परिकार !

देशभर बसोबास गर्ने थारु समुदायले आफ्नो मौलिक तथा महत्त्वपूर्ण पर्व

अक्षय खन्ना ‘धुरन्धर २’ मा कमब्याक गर्ने तयारीमा

काठमाडौं– बलिउड सुपरस्टार रणवीर सिंह अभिनीत जासुसी थ्रिलर फिल्म ‘धुरन्धर’को

दलहरू बलिया भए मात्र लोकतन्त्र सबल हुन्छ : महासचिव पोखरेल

देउखुरी– एमाले महासचिव शंकर पोखरेलले दलहरू बलिया भए मात्र लोकतन्त्र

पाटेबाघको आक्रमणबाट एक सातामा तीन जनाको मृत्यु

काँक्रेविहार– पाटेबाघको आक्रमणमा परी एक साताभित्र सुर्खेत र सल्यानका गरी

धनगढीमा टाटाको ‘माघी एक्सचेन्ज उत्सव’ : आकर्षक छुटदेखि लाइफ टाइम निःशुल्क चार्जिङसम्म

काठमाडौं– टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले सुदूरपश्चिमका ग्राहकलाई लक्षित