आगन्तुक चराको चिरिबिरी (फोटो फिचर) « Khabarhub

आगन्तुक चराको चिरिबिरी (फोटो फिचर)


८ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मनसुनी वर्षाले देश छोडे सँगसँगै चिसो हावाको सिरेटो सुरु भएको छ । यो चिसो मौसमसँगै आएका छन् बसाइँ सर्ने चराहरू । बसाइसराइ वर्षेनी १०० भन्दा बढी प्रजातिका चराहरू नेपाल आउने गर्छन ।

त्यसमा पनि धेरैजसो पानी चरा र हाँसहरू हुन्छन । चिल, बाज, फिस्टे, गिद्ध जस्ता अरु चराहरू पनि उपयुक्त मौसम को खोजीमा नेपाल आइपुग्ने गर्छन । 

हालसम्म ९०० भन्दा बढी प्रजातिका चराहरू नेपालमा अभिलेख भएका छन् । कयौं प्रजातिका चराहरू नेपालमा विश्राम मात्र गरेर अन्य देशहरूमा जाने गर्छन भने कर्‍याङकुरुङ जस्ता अन्य कयौँ प्रजातिका चराहरू नेपालमा विश्राम नगरी आकाशबाटै  भारततर्फ जाने गर्छन ।

जाडो याममा नेपाल आउने चराहरूले कोशी, कर्णाली, नारायणी, राप्ती, फेवा ताल, जगदिसपुर ताल, घोडाघोडी ताल, बर्जु ताल जस्ता ठूला ठूला नदी र पोखरीहरूमा बस्न रुचाउने गर्छन् । हरेक वर्ष जनवरी महिनामा देश वरिपरिका प्रमुख वासस्थानहरूमा बसाइँ सरेर आउने पनि चराहरूको गणना हुन्छ र लाखौँको सङ्ख्यामा अभिलेख गरिन्छ ।  

चखेवा, खोया हाँस्, आसिढुँडे, ध्वाँसे फिस्टो, खड्खडे हाँस, सुइरोपुच्छ्रेजस्ता चराहरु ठूलो सङ्ख्यामा नेपाल आउने गर्छन भने श्वेतमाथा कलहाँस, देवदुत मनितुन्दक, देवहाँस जस्ता चरा भने निकै कम सङ्ख्यामा आउने गर्छन् ।

प्रकाशित मिति : ८ कार्तिक २०८२, शनिबार  १२ : ३२ बजे

बजेट अभावमा म्याग्दीका बहुवर्षीय सडक आयोजना प्रभावित

म्याग्दी– बजेट अभावका कारण गण्डकी प्रदेश सरकारमार्फत जिल्लामा सञ्चालित रणनीतिक

तेल भण्डार थप खोल्न जापानको आग्रह

एजेन्सी– मध्यपूर्वमा जारी द्वन्द्वका कारण विश्व ऊर्जा सुरक्षामा बढ्दो दबाब

सडकमा बसेर जनताको सरकार चलाउँछौँ : कुलमान घिसिङ

काठमाडौं– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सडकमा बसेर आम

अमेरिका-इरान वार्ता संकेतबीच मिसाइल प्रहार

एजेन्सी– अमेरिका र इरानबीच सम्भावित वार्ताका संकेतहरू देखिइरहेका बेला इरानले

तल्लो सेती जलविद्युत् : आवासका लागि जग्गा अधिग्रहण

दमौली– तनहुँमा निर्माण हुने १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत्