आगन्तुक चराको चिरिबिरी (फोटो फिचर) « Khabarhub

आगन्तुक चराको चिरिबिरी (फोटो फिचर)


८ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मनसुनी वर्षाले देश छोडे सँगसँगै चिसो हावाको सिरेटो सुरु भएको छ । यो चिसो मौसमसँगै आएका छन् बसाइँ सर्ने चराहरू । बसाइसराइ वर्षेनी १०० भन्दा बढी प्रजातिका चराहरू नेपाल आउने गर्छन ।

त्यसमा पनि धेरैजसो पानी चरा र हाँसहरू हुन्छन । चिल, बाज, फिस्टे, गिद्ध जस्ता अरु चराहरू पनि उपयुक्त मौसम को खोजीमा नेपाल आइपुग्ने गर्छन । 

हालसम्म ९०० भन्दा बढी प्रजातिका चराहरू नेपालमा अभिलेख भएका छन् । कयौं प्रजातिका चराहरू नेपालमा विश्राम मात्र गरेर अन्य देशहरूमा जाने गर्छन भने कर्‍याङकुरुङ जस्ता अन्य कयौँ प्रजातिका चराहरू नेपालमा विश्राम नगरी आकाशबाटै  भारततर्फ जाने गर्छन ।

जाडो याममा नेपाल आउने चराहरूले कोशी, कर्णाली, नारायणी, राप्ती, फेवा ताल, जगदिसपुर ताल, घोडाघोडी ताल, बर्जु ताल जस्ता ठूला ठूला नदी र पोखरीहरूमा बस्न रुचाउने गर्छन् । हरेक वर्ष जनवरी महिनामा देश वरिपरिका प्रमुख वासस्थानहरूमा बसाइँ सरेर आउने पनि चराहरूको गणना हुन्छ र लाखौँको सङ्ख्यामा अभिलेख गरिन्छ ।  

चखेवा, खोया हाँस्, आसिढुँडे, ध्वाँसे फिस्टो, खड्खडे हाँस, सुइरोपुच्छ्रेजस्ता चराहरु ठूलो सङ्ख्यामा नेपाल आउने गर्छन भने श्वेतमाथा कलहाँस, देवदुत मनितुन्दक, देवहाँस जस्ता चरा भने निकै कम सङ्ख्यामा आउने गर्छन् ।

प्रकाशित मिति : ८ कार्तिक २०८२, शनिबार  १२ : ३२ बजे

थारु समुदायको माघीमा हराउँदै मुसाको परिकार !

देशभर बसोबास गर्ने थारु समुदायले आफ्नो मौलिक तथा महत्त्वपूर्ण पर्व

अक्षय खन्ना ‘धुरन्धर २’ मा कमब्याक गर्ने तयारीमा

काठमाडौं– बलिउड सुपरस्टार रणवीर सिंह अभिनीत जासुसी थ्रिलर फिल्म ‘धुरन्धर’को

दलहरू बलिया भए मात्र लोकतन्त्र सबल हुन्छ : महासचिव पोखरेल

देउखुरी– एमाले महासचिव शंकर पोखरेलले दलहरू बलिया भए मात्र लोकतन्त्र

पाटेबाघको आक्रमणबाट एक सातामा तीन जनाको मृत्यु

काँक्रेविहार– पाटेबाघको आक्रमणमा परी एक साताभित्र सुर्खेत र सल्यानका गरी

धनगढीमा टाटाको ‘माघी एक्सचेन्ज उत्सव’ : आकर्षक छुटदेखि लाइफ टाइम निःशुल्क चार्जिङसम्म

काठमाडौं– टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले सुदूरपश्चिमका ग्राहकलाई लक्षित