जंगली जनावरको आक्रमणबाट एकको मृत्यु « Khabarhub

जंगली जनावरको आक्रमणबाट एकको मृत्यु


८ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

राँझा– राप्तीसोनारी गाउँपालिका–९ गुरुवागाउँ नमुना टोल निवासी इन्द्रबहादुर खत्रीको जङ्गली जनावरको आक्रमणबाट मृत्यु भएको छ । 

गुरुवागाउँ नमुना टोल निवासी ४० वर्षीय खत्री शुक्रबार अपराह्न २ः०० बजेतिर स्थानीय रिम्ना सामुदायिक वनमा घाँस काट्न गएपछि बेपत्ता भएका थिए । आज बिहानसम्म परिवारको सम्पर्कमा नआएपछि जंगलमा खोज्दै जाँदा उनको शव फेला परेको प्रहरी चौकी ढकेरीका इन्चार्ज प्रहरी सहायक निरीक्षक नगेन्द्र शाहीले जानकारी दिए ।

उनका अनुसार आज बिहानै प्रहरीसहित स्थानीयवासीको टोलीले जङ्गलमा खत्रीलाई खोज्ने क्रममा रिम्ना सामुदायिक वनको चिल्लेपाटामा जंगली जनावरले आक्रमण गरेको अवस्थामा शव फेला परेको हो । बाँके राष्ट्रिय निकुञ्जको क्षेत्र पर्ने भएकाले निकुञ्जसँग समन्वय गरेर शवको शव परीक्षण लगायतको प्रक्रिया सुरु गरिएको उनको भनाइ छ । 

घटनाको प्रकृति हेर्दा बाघले नै आक्रमण गरेको हुनसक्ने बाँके राष्ट्रिय निकुञ्जका प्रमुख वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले बताए। 

‘बाघ वा चितुवाले आक्रमण गरेको हुनुपर्छ, घटनास्थलको प्रकृति हेर्दा बाघको आक्रमण जस्तो छ’, उनले भने, ‘हामीले घटनास्थल क्षेत्रमा क्यामेरा जडान गर्छौं, क्यामेरामा कैद भएका आधारमा पुष्टि हुनेछ ।’
 

प्रकाशित मिति : ८ कार्तिक २०८२, शनिबार  १ : ०५ बजे

थारु समुदायको माघीमा हराउँदै मुसाको परिकार !

देशभर बसोबास गर्ने थारु समुदायले आफ्नो मौलिक तथा महत्त्वपूर्ण पर्व

अक्षय खन्ना ‘धुरन्धर २’ मा कमब्याक गर्ने तयारीमा

काठमाडौं– बलिउड सुपरस्टार रणवीर सिंह अभिनीत जासुसी थ्रिलर फिल्म ‘धुरन्धर’को

दलहरू बलिया भए मात्र लोकतन्त्र सबल हुन्छ : महासचिव पोखरेल

देउखुरी– एमाले महासचिव शंकर पोखरेलले दलहरू बलिया भए मात्र लोकतन्त्र

पाटेबाघको आक्रमणबाट एक सातामा तीन जनाको मृत्यु

काँक्रेविहार– पाटेबाघको आक्रमणमा परी एक साताभित्र सुर्खेत र सल्यानका गरी

धनगढीमा टाटाको ‘माघी एक्सचेन्ज उत्सव’ : आकर्षक छुटदेखि लाइफ टाइम निःशुल्क चार्जिङसम्म

काठमाडौं– टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले सुदूरपश्चिमका ग्राहकलाई लक्षित