आजका समाचार : जेन-जीसँग संवाद गर्न सरकार तयार, १८ कम्पनीको बिजुली काटियो र अमेरिका–चीन व्यापार वार्ता | Khabarhub Khabarhub

आजका समाचार : जेन-जीसँग संवाद गर्न सरकार तयार, १८ कम्पनीको बिजुली काटियो र अमेरिका–चीन व्यापार वार्ता


८ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

ह्यात होटल बन्द भएकोप्रति प्रधानमन्त्रीको चासो

प्रधानमन्त्री सुशीला कार्कीले राजधानीको पाँचतारे होटल ह्यात रेजेन्सीको सुरक्षाको पूर्ण प्रत्याभूति दिन सरकार तयार रहेको बताएकी छन्। जेनजी आन्दोलनपछि अस्थायी रूपमा बन्द गरिएको होटलका विषयमा चासो राख्दै प्रधानमन्त्री कार्कीले सुरक्षाको प्रत्याभूति सरकारले दिलाउने बताएकी हुन्।

प्रधानमन्त्री कार्कीको चासोपछि अर्थमन्त्री रामेश्वर खनालले ह्यात रिजेन्सी व्यवस्थापनसँग शनिबार बिहान कुराकानी गरेर जानकारी लिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।

‘ह्यात होटलको सेवा बन्द र कर्मचारी प्रवेशलाई निषेध गरिएको भन्ने सूचनाका सम्बन्धमा प्रधानमन्त्री सुशीला कार्कीले चासो व्यक्त गर्नुभएको छ’, ‘त्यस सम्बन्धमा अर्थमन्त्री खनालले सुरक्षाको पूर्ण प्रत्याभूति दिन सरकार तयार रहेको र कत्ति पनि विचलित नभई सेवा सुचारु गर्न आग्रह गर्नुभएको छ।’

सडकमा प्रदर्शन नगरौँ, सरकार संवादका लागि तयार छ : गृहमन्त्री 

सञ्चारमन्त्री खरेलको प्राथमिकता : दूरसञ्चार सेवा विस्तार गर्दै सुशासन प्रवर्द्धन

सरकारलाई नैनसिंह महरको प्रश्न- तपाईंहरू चुनाव गर्न नसके के गर्न सक्नुहुन्छ ?

प्रधानमन्त्री निवासमा सुरक्षा प्रमुखको बैठक

यी हुन् निवार्चन आयोगमा दर्ता भएका १२२ दल (सूचीसहित)

‘डेडिकेटेड’ र ‘ट्रंकलाइन’ महसुल नबुझाएका १८ कम्पनीको बिजुली काटियो

नेपाल विद्युत् प्राधिकरणले ‘डेडिकेटेड’ र ट्रंकलाइन प्रयोग गरेर त्यसबापतको महसुल नतिर्ने थप १८ वटा उद्योगको विद्युत् लाइन काटेको छ । यसअघि प्राधिकरणले छ वटा उद्योगको लाइन काटेकामा शुक्रबार रातिदेखि थप १८ वटा उद्योगको बिजुली काटेको हो ।

नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार हिजो पञ्चकन्या स्टिल, श्याम प्लास्टिक, गोयन्का फुड्स, कसमस सिमेन्ट, एसआर स्टिल, पञ्चकन्या प्लास्टिक, भलवारी स्वचालित कारखाना, जगदम्बा सेन्थेटिक, एभरेष्ट रोलिङ इन्ड्रस्टिज, घराना फुड्स, विशाल सिमेन्ट, बुटवल सिमेन्ट, निगाले सिमेन्ट, एसआर फुड्स, सिद्धार्थ पेट प्लान्ट, हिमाल आइरन, त्रिवेणी सिन्थेटिक यार्न र सोना मिनरल्स एन्ड आयल्सको बिजुली काटिएको हो ।

यसअघि जगदम्बा स्टिल, रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट र त्रिवेणी स्पिनिङ मिल्सको विद्युत् आपूर्ति कटौती गरिएको थियो । कूल रू आठ अर्बभन्दा बढी बक्यौता रहेका उद्योगहरुमध्ये केहिले किस्तामा तिर्न थालेको र केही कानुनी प्रक्रियामा गएका प्रवक्ता ढकालले बताए।

‘डेडिकेटेड फिडर र ट्रंकलाइन प्रयोग गरेर महसुल तिर्न बाँकी १४ उद्योगले किस्तामा भुक्तानी गर्न थालेको छन् भने छ वटा उद्योगले अदालतबाट अन्तरिम आदेश लिएका छन् । हेटौँडा सिमेन्ट र उदयपुर सिमेन्टको पनि बक्यौता छ’, उनले भने।

माइतीघरमा प्रदर्शन गर्न पुगेका जेन-जी पक्राउ

एकैदिन मुस्ताङ भित्रिए सात हजार पर्यटक

छठको लागि सिँगारिए जनकपुरधामका जलाशय (तस्बिरहरु)

मन्त्री घिसिङद्वारा नयाँ संघीय संसद् भवनको निरीक्षण

आगन्तुक चराको चिरिबिरी (फोटो फिचर)

छठ पर्वले बजारमा केराको माग बढ्यो

छठ पर्व सुरु भएसँगै जनकपुरधामसहित धनुषा जिल्लाका स्थानीय बजारमा केराको माग अत्यधिक वृद्धि भएको छ । बजारमा केराको कारोबार बढेको छ ।

छठका लागि केराको अनिवार्य माग भएकाले उल्लेखनीय रूपमा बिक्री बढेको फलफूल व्यवसायीले बताएका छन् । छठ पर्वमा भगवान् सूर्यलाई अघ्र्य अर्पण गर्न प्रयोग हुने मुख्य प्रसाद ‘केरा’ को सिङ्गैघरीको माग जनकपुरधामसहित स्थानीय बजारमा अत्यधिक बढेको केरा व्यापारी जनाएका छन् ।

अहिले स्थानीय महेन्द्रनगर, ढल्केवर, वीरेन्द्रबजार, गोदार, सबैला, बटेश्वर, लक्ष्मीनियाँका बजारमा केराको कारोबार बढेको छ । त्यसैगरी जनकपुरधामलगायत मुख्य बजारदेखि ग्रामीण हाटबजारसम्म अहिले केरा किन्ने ग्राहकको भीड लागेको छ ।

छठमा केराको माग उच्च हुने र आपूर्ति कम हुँदा हरेक वर्ष आयातमा वृद्धि गर्नुपर्ने जनकपुर फलफूल तथा तरकारी व्यवसायी समितिका अध्यक्ष विश्वेश्वर यादवले बताए। उनका अनसार यस वर्ष व्यापारीले भारत र अन्य जिल्लाबाट ठूलो परिमाणमा केरा खरिद गरी गोदाममा भण्डारण गरेको बताए।

मनोकामना पूरा हुने विश्वासमा सूर्यदेवको पूजा आराधना गरिने छठ पर्व

आन्तरिक पर्यटकको आकर्षक गन्तव्य ब्रम्हस्थान

जंगली जनावरको आक्रमणबाट एकको मृत्यु

पोखरामा कुटपिटबाट एकको मृत्यु

काठमाडौंका आठ स्थानमा छठ मनाइने

प्रकृति संरक्षणमा नौ हजार सेना

बेनी–दरबाङ सडक : छ वर्षमा पनि योजना अधुरै

कामपाले थाल्यो ‘सिल्भर भोलिन्टियर कार्यक्रम’

काँकडभिट्टाबाट चार अर्ब ४८ करोडको पेट्रोलियम पदार्थ आयात
चालु आर्थिक वर्ष २०८२(०८३ को पहिलो त्रैमासिकमा पूर्वी नाका काँकडभिट्टाबाट रु चार अर्ब ४८ करोड ४५ लाख ६८ हजार मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । पूर्वी नाकाबाट पेट्रोल, डिजेल, एलपी ग्यास, एटीएफ, मट्टितेल आयात भएको हो ।

मेची भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत ईश्वरकुमार हुमागाईँका अनुसार अघिल्लो आव २०८१(०८२ को सोही अवधिको तुलनामा रु पाँच करोड ९० लाख ३३ हजारअर्थात् एक दशमलव ३० प्रतिशतले पेट्रोलियम पदार्थको आयातमा वृद्धि भएको छ । आयात बढेसँगै पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व तीन दशमलव २० प्रतिशत अर्थात् रु छ करोड ८९ लाख पाँच हजार ले बढेको सूचना अधिकारी हुमागाईँले बताए।

कार्यालयको तथ्यांकअनुसार चालु आवको तीन महिनामा पेट्रोलियम पदार्थ आयातबाट दुई अर्ब २० करोड ६८ लाख ६२ हजार राजस्व संकलन भएको छ । उक्त अवधिमा दुई अर्ब ३२ करोड ७८ लाख मूल्य पर्ने २६ हजार ३२० किलोलिटर पेट्रोल आयात भएको थियो । यसैगरी रु एक अर्ब २६ करोड १५ लाख मूल्य पर्ने १३ हजार ३५६ किलोलिटर डिजेल आयात भएको छ ।

पौवादुङमाको तिवारीभञ्याङ–च्याङ्ग्रे सडक कालोपत्र

सर्पको टोकाइबाट बालकको मृत्यु

गौशालामा पुरुषको शव फेला

रुकुम पश्चिम जिप दुर्घटना अपडेट : मृतक आठ जनाको पहिचान खुल्यो

तीन वटा प्रसारण लाइन निर्माणका लागि सरकारको अनुमति

हुम्लाको डाँडाफयामा भालुको आतंक

नागरिकताको अभिलेखलाई ‘डिजिटलाइजेसन’

उत्तर कोरिया एक प्रकारको आणविक शक्ति हो : ट्रम्प
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार उत्तर कोरियालाई ‘एक प्रकारको आणविक शक्ति’ भएको बताएका छन् । उत्तर कोरियाली नेता किम जोङ उनसँगको सम्भावित भेटसमेत समावेश हुनसक्ने एसियाली भ्रमणका लागि अमेरिकाबाट प्रस्थान गर्नुअघि उनले त्यस्तो टिप्पणी गरेका हुन् ।

एयर फोर्स वानमा पत्रकारहरूले वासिङ्टनसँगको वार्ताका पूर्वशर्तका रूपमा उत्तर कोरियालाई आणविक राष्ट्रको रूपमा मान्यता दिनेबारे सोध्दा ट्रम्पले उत्तर दिने, ‘ठिक छ, मलाई लाग्छ उनीहरू एक प्रकारका आणविक शक्ति हुन् । जब तपाईं भन्नुहुन्छ कि तिनीहरूलाई मान्यता दिनुपर्छ, ठिक छ, उनीहरूसँग धेरै आणविक हतियार छन्, म त्यसो भन्छु ।’

राष्ट्रपति ट्रम्प आगामी बुधबार दक्षिण कोरियामा हुने एसिया प्यासिफिक इकोनोमिक कोअपरेसन ९एपेक० सम्मेलनमा सहभागी हुने अपेक्षा गरिएको छ । अमेरिकी सञ्चारमाध्यमहरूले यसअघि ट्रम्प प्रशासनका केही अधिकारीहरूले उनी र उत्तर कोरियाली नेता किमबीच पुनःवार्ताको सम्भावना खोज्दै अनौपचारिक छलफल चलाएको बताएका थिए । ट्रम्पले पनि किमलाई फेरि भेट्ने आशा व्यक्त गरेका छन् -सम्भवतः यही वर्षभित्र ।

क्वालालम्पुरमा अमेरिका–चीन व्यापार वार्ता शुरु

थाइल्यान्डकी मुमा महारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन, राष्ट्र शोकमग्न

‘बेइमान विज्ञापन’ प्रकरणपछि ट्रम्पद्वारा क्यानाडाका प्रधानमन्त्रीसँग भेट अस्वीकार

















प्रकाशित मिति : ८ कार्तिक २०८२, शनिबार  ७ : ५७ बजे

रिब्दीकोटका किसानले अकबरे खुर्सानी बिक्री गरेर दसैँतिहार मनाए

पाल्पा – यहाँको रिब्दीकोट गाउँपालिका फेकका जितबहादुर छहरीले अबकरे खुर्सानी

आहारको व्यवस्थापनले गिद्धको आगमन बढ्दै

तनहुँ – जिल्लाको व्यास नगरपालिका-१० दुम्सी सिशुवा भतेरीस्थित शिवालय गौ

तोडफोड र आगजनीमा संलग्नलाई सार्वजनिक गर्नुपर्ने एमालेका युवा माग

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का युवा नेताहरूले गत

ओली निवास निर्माणका लागि चन्दा उठाइँदैन : महेश बस्नेत

काठमाडौं – नेकपा (एमाले) नेता महेश बस्नेतले पूर्वप्रधानमन्त्री तथा पार्टी

इयूले चिनियाँ दुर्लभ खनिजमाथिको निर्भरता अन्त्य गर्ने

बर्लिन – बेइजिङले धेरै प्रमुख क्षेत्रमा आवश्यक खनिज निर्यातमा थप