अमेरिका–चीन व्यापार वार्ता ‘निकै रचनात्मक’ « Khabarhub

अमेरिका–चीन व्यापार वार्ता ‘निकै रचनात्मक’


८ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

क्वालालम्पुर- संयुक्त राज्य अमेरिका र चीनबीच शनिबार मलेसियामा भएको व्यापार वार्ता ‘निकै रचनात्मक’ भएको अमेरिकी अर्थमन्त्रालयका प्रवक्ताले बताएका छन् । उनले एएफपीसँग भने,“आजको वार्ता सकिएको छ । वार्ता प्रतिनिधिहरूले धेरै रचनात्मक काम गरेका छन्, र हामी आशा गर्छौँ भोलि बिहान फेरि वार्ता सुरु हुनेछ ।

अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले चीनका उपप्रधानमन्त्री हे लिफेङसँग मलेसियाको मर्डेका ११८ मा भेटवार्ता गरेका हुन् ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका चिनियाँ समकक्षी सी जिनपिङबीच आगामी बिहीबार दक्षिण कोरियामा भेटवार्ता हुने अपेक्षा गरिएको छ। अक्टोबर ३१ देखि सुरु हुने एसिया–प्रशान्त आर्थिक सहयोग शिखर सम्मेलनका क्रममा आयोजित बैठक रद्द गर्ने चेतावनी दिए पनि पछिल्लो समय अमेरिकी राष्ट्रपति ट्रम्पले चीनसँग ‘राम्रो’ सम्झौता गर्ने र व्यापार युद्ध अन्त्य गर्ने आशा व्यक्त गरेका छन् ।

बेइजिङले यस महिना महत्वपूर्ण दुर्लभ खनिज तथा धातुको निर्यातमा व्यापक नियन्त्रण गर्ने घोषणा गरेपछि प्रतिवादमा अमेरिकी राष्ट्रपति ट्रम्पले चीनबाट हुने आयातमा १०० प्रतिशत कर लगाउने चेतावनी दिएका थिए ।

अमेरिकी व्यापार ऐनको ‘धारा ३०१’ को अनुसन्धानले उद्योगमा बेइजिङको प्रभुत्व अनुचित भएको निश्कर्ष निकालेपछि दुई देशले एक अर्काको जहाजमा आगमन शुल्क पनि लिन थालेका थिए ।

प्रकाशित मिति : ८ कार्तिक २०८२, शनिबार  ७ : ०७ बजे

दलहरूले नयाँ पुस्तासँग समझदारी गरेर अगाडि बढ्नुपर्छ : राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई केन्द्रमा

जेन-जी आन्दोलनको जिम्मा सबै राजनीतिक दलले लिनुपर्छ : महामन्त्री बुर्लाकोटी

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री कविन्द्र बुर्लाकोटीले नेकपा एमालेको

७ रन जोड्दा सुदूरपश्चिमले गुमायो २ विकेट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत जारी

रनको खाता नखोली आउट भए सुदूरपश्चिमका विनोद

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत जारी फाइनल

एमाले महाधिवेशनमा देव गुरुङले उठाए कम्युनिस्ट एकताको मुद्दा

काठमाडौं– नेकपाका नेता देव गुरुङले कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध नगरी मुलुकको