स्वर्गीय विपिन जोशीको सम्झनामा ‘विपिन चोक’ « Khabarhub

स्वर्गीय विपिन जोशीको सम्झनामा ‘विपिन चोक’


८ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर – इजरायल–हमास युद्धमा हमासको अपहरणमा परी ज्यान गुमाएका विपिन जोशीको सम्झनामा ‘विपिन चोक’ नामकरण गरिएको छ ।

आज साँझ एक कार्यक्रमका बीच यहाँको भीमदत्त नगरपालिका–३ स्थित मालिकार्जुन टोलमा ‘विपिन चोक’ नामाकरण गरिएको हो । कार्यक्रममा विपिनको सम्झनामा दीप प्रज्वलनसहित टोलको नामाकरण गरिएको थियो ।

कार्यक्रममा वडाध्यक्ष गगनसिंह धामीले विपिन वडाको पूर्वखेलाडीसमेत भएकाले उनको सम्झनामा प्रत्येक वर्ष वडास्तरीय क्रिकेट प्रतियोगितासमेत आयोजना गरिने घोषणा गरे।

“साहसिक व्यक्तित्व स्व जोशी सकुशल घर फर्किनेमा हामी दुई वर्षसम्म आशामा थियौँ, तर उहाँ आफू नरहेर साथीहरूको ज्यान जोगाउनुभयो । उहाँको सम्मानमा अब बन्ने वडा कार्यालयमा तस्बिर राख्ने र वडाबाट प्रतिनिधित्व गर्ने क्रिकेटका खेलाडीसमेत रहेकाले रहेक वर्ष प्रतियोगिता आयोजना गर्ने योजना बनाउने छौँ”, उनले भने।

वडाध्यक्ष धामीले हाल स्थानीयवासीसहितको चाहनामा वडामा विपिन चोक नामाकरण गरिएको र अब नगरपालिकाको कार्यपालिका बैठकबाट औपचारिक निर्णय गराउन पहल हुने बताए । दीप प्रज्वलन कार्यक्रममा विपिनकी बहिनी पुष्पा जोशीलगायत टोलीबासीको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ८ कार्तिक २०८२, शनिबार  ८ : ४० बजे

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले सर्लाहीको ब्रहम्पुरी गाउँपालिका–४ बाट

वासिङ्टनको नियतमाथि तेहरानको प्रश्न : इरानको अधिकार स्वीकार गर्न आग्रह

तेहरान – इरानले अमेरिकासँगको शान्ति वार्ताका क्रममा वासिङ्टनलाई ‘अनावश्य माग’

‘जिब्रो छेड्ने जात्रा’ : रहस्यमय लाग्ने परम्पराको वास्तविक अर्थ के हो ?

नेपालको सांस्कृतिक सम्पदामध्ये सबैभन्दा अनौठो र विश्वमै कमै देखिने परम्परा

अमेरिका-इरान वार्तामा सहमति जुट्न सकेन

इस्लामावाद – पाकिस्तानको राजधानी इस्लामावादमा जारी अमेरिका र इरानबीचको ऐतिहासिक

एक वर्षमा सात हजार ६४८ विपद्का घटना, आगलागी सबैभन्दा बढी

काठमाडौँ– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार एक