ओली निवास निर्माणका लागि चन्दा उठाइँदैन : महेश बस्नेत « Khabarhub

ओली निवास निर्माणका लागि चन्दा उठाइँदैन : महेश बस्नेत


८ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एमाले) नेता महेश बस्नेतले पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीका लागि बन्ने ‘ओली निवास’ निर्माणमा चन्दा संकलनको कुनै योजना नरहेको बताएका छन् ।

शनिबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै बस्नेतले गुण्डुबासीहरूको साझा भावना र सम्मानका प्रतीकका रूपमा ओली निवास निर्माणको पहल भएको स्पष्ट पारेका छन् ।

उनका अनुसार, उक्त निवास निर्माण कार्य गुण्डुबासीकै हात र मनबाट हुने भएको हो । बस्नेतले लेखेका छन्, ‘पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीज्यूको निमित्त बन्ने ओली निवास हाम्रो आफ्नै गाउँको पहल हो।’

बस्नेतले केही व्यक्तिहरूले भावनात्मक रूपमा चन्दा दिन इच्छाएको र केही सञ्चारमाध्यमहरूले चन्दा उठाउने खबर प्रकाशित गरेको उल्लेख गर्दै त्यसमा सत्यता नरहेको बताएका छन् ।

‘चन्दा उठाउने कुनै योजना छैन, कसैसँग पनि चन्दा उठाइँदैन,’ उनले लेखेका छन्, ‘यो हाम्रो आत्मीयता, स्नेह र गौरवको प्रतीक हो।’ बस्नेतले ओलीप्रतिको सम्मान र शुभेच्छा व्यक्त गर्ने सबैलाई धन्यवाद समेत दिएका छन् ।

प्रकाशित मिति : ८ कार्तिक २०८२, शनिबार  ८ : ५८ बजे

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले सर्लाहीको ब्रहम्पुरी गाउँपालिका–४ बाट

वासिङ्टनको नियतमाथि तेहरानको प्रश्न : इरानको अधिकार स्वीकार गर्न आग्रह

तेहरान – इरानले अमेरिकासँगको शान्ति वार्ताका क्रममा वासिङ्टनलाई ‘अनावश्य माग’

‘जिब्रो छेड्ने जात्रा’ : रहस्यमय लाग्ने परम्पराको वास्तविक अर्थ के हो ?

नेपालको सांस्कृतिक सम्पदामध्ये सबैभन्दा अनौठो र विश्वमै कमै देखिने परम्परा

अमेरिका-इरान वार्तामा सहमति जुट्न सकेन

इस्लामावाद – पाकिस्तानको राजधानी इस्लामावादमा जारी अमेरिका र इरानबीचको ऐतिहासिक

एक वर्षमा सात हजार ६४८ विपद्का घटना, आगलागी सबैभन्दा बढी

काठमाडौँ– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार एक