प्रहरी वृत्त दरबारमार्गबाट लुटिएको गोलीसहित दुई जना पक्राउ « Khabarhub

प्रहरी वृत्त दरबारमार्गबाट लुटिएको गोलीसहित दुई जना पक्राउ


८ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गत भदौ २४ गतेको जेनजी युवाहरूको प्रदर्शनका क्रममा प्रहरी वृत्त दरबारमार्गबाट लुटिएको पेस्तोलको गोली लुकाइछिपाई राखेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

बर्दिया बढैया गाउँपालिका ३ घर भई हाल काठमाडौँ कपन बस्ने १७ वर्षीय अनिश गिरी र झापा झिलझिले घर भई हाल काठमाडौँ मालिगाउँ आनन्द भैरव मार्ग बस्ने १६ वर्षीय सोनम थापामगर पक्राउ परेका काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

उनले भने, “प्रहरीले काठमाडौँ महानगरपालिका(३२ नरेफाँटस्थित चेकजाँचका क्रममा शङ्कास्पद अवस्थामा फेला परेका गिरीलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा निजसहित उनका साथी थापामगरको कोठामा पेस्तोलको गोली भेटिएको हो ।”

पक्राउ परेका गिरीलाई सोधपुछ गर्दा गत भदौ २४ गते प्रहरी वृत्त दरबारमार्गबाट लुटिएको गोली लुकाइछिपाई राखेको र निजका साथी थापामगरले पनि प्रहरी वृत्त दरबारमार्गबाट लुटिएको गोली लुकाइछिपाई राखेको जानकारीअनुसार निजहरूलाई शुक्रबार पक्राउ गरी थप अनुसन्धान एवं कारबाहीको लागि प्रहरी वृत्त दरबारमार्ग पठाइएको प्रहरीले जनाएको छ ।

अनुसन्धानका क्रममा गिरीको लाजिम्पाटस्थित कोठा खानतलासी गर्दा ३११२३ लेखिएको पेस्तोलको गोली तीन थान फेला परेको र थापामगरलाई खोजतलास गर्दै जाने क्रममा मालिगाउँ आनन्द भैरव मार्गस्थित रहेको कोठा खानतलासी गर्दा उक्त कोठाबाट पनि ३११२३ लेखिएको पेस्तोलको गोली दुई थान, छालाको पेटी बेल्टको बक्कल एक थान फेला पारी बरामद गरिएको प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले बताए ।

प्रकाशित मिति : ८ कार्तिक २०८२, शनिबार  १० : २३ बजे

बूढीगण्डकी बाढी : प्रभावित क्षेत्रबाट एक हजार बढीको हेलि उद्धार

गोरखा– बूढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट एक हजार बढी नागरिकको हेलिकोप्टरमार्फत उद्धार

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य १,१०० रुपैयाँ र चाँदीको

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला