साढे आठ वर्षमा पनि बनेन हुलाकी सडक « Khabarhub

साढे आठ वर्षमा पनि बनेन हुलाकी सडक


९ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– अढाइ वर्षमा निर्माण गरिसक्नुपर्ने समयावधि तोकिएको कञ्चनपुरको हुलाकी सडक साढे आठ वर्ष बितिसक्दा पनि पूरा हुन सकेको छैन ।

जिल्लाको पुर्नर्वास नगरपालिकाको डोकेबजारबाट वेदकोट नगरपालिकाको दैजीसम्म ६२ किलोमिटर हुलाकी सडक निर्माणको २०७३ साल फागुनमा सुरुवात भएको थियो ।

तीन चरणमा ठेक्का दिएर थालिएको काम निर्माण कम्पनीको ढिलासुस्तीका कारण पटकपटक म्याद थप गर्दा पनि सम्पन्न हुन नसकेको हो । कूल ६२ किमी सडकमध्ये हालसम्म ५० किमी मात्रै कालोपत्र भएको छ । हुलाकी राजमार्ग आयोजना कार्यालय धनगढीका प्रमुख मुकुन्दप्रसाद लामिछानेले तीन चरणमध्ये दोस्रो चरणको करिब १२ किमी हुलाकी सडक कालोपत्र हुन नसकेको बताए ।

‘दोस्रो २२ किमीको काममा एक हजार १०० मिटर भारतसँगको सीमा विवादका कारण निर्माण छाडेको हो । सोसहित १२ किमी कालोपत्र भएको छैन’, उनले भने, ‘२२ किमीको निर्माण अन्तिम चरणमा पुगेको छ ।’

त्यसैगरी सोही सडकअन्तर्गत दोदा नदीमा पक्की पुल निर्माणका लागि चालु आवमा २५ करोड बजेट विनियोजन भएको प्रमुख लामिछानेले जानकारी दिए । सडक निर्माणले कञ्चनपुरको दक्षिण क्षेत्रका नागरिकलाई सदरमुकाम महेन्द्रनगर र प्रदेश राजधानीलगायत अन्य जिल्लासम्मको आवागमनमा सहज भएको छ ।

‘वर्षौँसम्म हिलो र धुलो खाएर यात्रा गर्नुपरेको छ’, बेलौरीका शिक्षक केशव विष्टले भने, ‘अढाइ वर्षमा सकिनुपर्ने सडक निर्माण ठेकेदारको लापरबाहीले साढे आठ वर्षसम्म नबन्दा हैरानी खेप्नुपर्‍यो ।’

प्रकाशित मिति : ९ मंसिर २०८२, मंगलबार  ७ : ५५ बजे

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह

नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलङ्की, काठमाडौँका

दुग्ध विकास संस्थानको कार्यसम्पादनमा सुधार

काठमाडौं – दुग्ध विकास संस्थानले किसान भुक्तानी, दूधको गुणस्तर, बजारीकरण