नेपाल भारत-सांस्कृतिक सम्बन्धको अटुट आधार « Khabarhub

विवाह पञ्चमी

नेपाल भारत-सांस्कृतिक सम्बन्धको अटुट आधार



नेपाल र भारतबीच परम्परागत एवं बहु आयामिक सम्बन्ध रहिआएको छ । यी दुई देश बीचको परस्पर सम्बन्धलाई सुदृढ एवं प्रगाढ बनाउनमा सामाजिक एवं सांस्कृतिक सम्बन्धको ठूलो योगदान रहेको छ । यस सम्बन्धको शुभारम्भ त्रेतायुगदेखि भएको हो । भारतको अयोध्याका राजकुमार श्रीराम र नेपाल मिथिलाकी राजकुमारी सीताको शुभ–विवाह भएदेखि नै नेपाल र भारत बीचको सामाजिक एवं सांस्कृतिक सम्बन्धले निरन्तरता पाउँदै आएको छ ।

यो वैवाहिक सम्बन्ध हाम्रा आराध्य भगवान “सीताराम” बाट शुरु भएर राज–परिवार हुँदै नागरिक तहसम्म परम्परा र हाम्रो जीवनको अभिन्न अंग बन्न गएको छ । तराई–मधेशमा मात्रै होइन, भारतसित सीमा जोडिएको पूर्वी र पश्चिमी पहाडका क्षेत्रका जनताको पनि सीमावर्ती क्षेत्रमा वैवाहिक सम्बन्ध र घनिष्ठता त्यति नै प्रगााढ रहेको छ ।

नेपाली र भारतबीच “बेटी–रोटी” को सम्बन्ध भनिनुको कारण नै एक देशका चेली–बेटीको विवाह अर्को देशमा हुनु हो । प्रत्येक संकटका बेला दुवै देशका एक अर्काका नातेदारले आफ्नो क्षमताले भ्याएसम्म तत्काल तन, मन र धनले एक अर्कालाई सहयोग, सहानुभूति व्यक्त गर्नु र आपसी सम्बन्ध एवं उल्लास साटासाट गर्नु हो ।

प्रत्येक संकटका बेला दुवै देशका एक अर्काका नातेदारले आफ्नो क्षमताले भ्याएसम्म तत्काल तन, मन र धनले एक अर्कालाई सहयोग, सहानुभूति व्यक्त गर्नु र आपसी सम्बन्ध एवं उल्लास साटासाट गर्नु हो ।

जनस्तरमा स्थापित यो सम्बन्ध सागरभन्दा बढी गहिरो र सगरमाथा भन्दा पनि अग्लो रहेको छ । प्रत्येक वर्ष मंसिर शुक्ल पञ्चमीका दिनलाई “विवाह पञ्चमी” को रूपमा मनाइने परम्पराले यस वर्ष पनि निरन्तरता पाएको छ । एक्काइसौं शताब्दीमा पनि शुभविवाह–पञ्चमीका दिन जनकपुरधाममा नेपाल र भारतका लाखौं तीर्थालुको सहभागिता र उपस्थिति हाम्रा त्रेतायुग कालीन वैवाहिक, सामाजिक–सांस्कृतिक सम्बन्ध प्रति समर्थन र स्वीकृति हो । यस वैवाहिक सम्बन्धले हामीलाई एक अर्कासित अभिन्न त बनाएको छ नै, धार्मिक र सांस्कृतिक विरासतको धनी पनि बनाएको छ ।

नेपाल–भारत मैत्री सम्बन्धका कतिपय अपरिहार्य तत्त्व छन् । जसमध्ये सांस्कृतिक समानतालाई प्रमुख रुपमा लिन सकिन्छ । सरकारको सञ्चालन आफ्नै तरिका र परिस्थितिको बाध्यतात्मक अवस्थाबाट हुन सक्दछ तर दुई देश बीचको सांस्कृतिक सम्बन्ध यति प्रगााढ एवं अद्वितीय छ कि यसको बराबरी विश्वका अन्य कुनै पनि देशबीचको सम्बन्धसित तुलना गर्न सकिँदैन ।

नेपाल–भारत परस्पर, आध्यात्मिक, धार्मिक एवं सांस्कृतिक रुपमा अनन्य भावले जोडिएका छन् । राजनीतिक रुपले नेपाल–भारत दुई पृथक सार्वभौमसत्ता सम्पन्न, स्वतन्त्र एवं अलग–अलग अस्तित्वका देश हुन तर सामाजिक सांस्कृतिक धार्मिक रुपले यी दुई राष्ट्र एक अर्काका निम्ति अभिन्न छन् ।

नेपाल र भारतबीचको सांस्कृतिक सम्बन्धलाई हामी कुनै निश्चित समयको परिधिमा बाँध्न सक्दैनौ किनभने वैदिक ज्ञानको अस्तित्वलाई हामी आफूसँगै सुन्दै र बुझ्दै आएका छौं । धर्म अध्यात्म र सांस्कृतिक समानताले दुवै देशलाई एक अर्कासित यसरी बाँधिदिएको छ कि दुवै देश पृथक भएर पनि अभिन्न छन् ।

राजनीतिक रुपले नेपाल–भारत दुई पृथक सार्वभौमसत्ता सम्पन्न, स्वतन्त्र एवं अलग–अलग अस्तित्वका देश हुन तर सामाजिक सांस्कृतिक धार्मिक रुपले यी दुई राष्ट्र एक अर्काका निम्ति अभिन्न छन् ।

नेपालसित भारतको सम्बन्ध त्यति नै प्राचीन छ, जति प्राचीन यसको सांस्कृतिक चेतना छ, नेपाल र भारत दुवै देश एउटै सांस्कृतिक चेतनाका वाहक छन् ।

हिमालय, हामी दुवै देशको निम्ति आत्मसाधनको स्थल रहिआएको छ । आदिम कालदेखि नै हिमालयका महान शिखरले हामीलाई आध्यामिक शक्ति प्रदान गर्दै आएका छन् ।

नेपाल–भारत सम्बन्धको आधार, पौराणिक, धार्मिक, भौगोलिक, सांस्कृतिक, वैवाहिक, सामाजिक, राजनीतिक र आर्थिक पक्ष पनि रहिआएको छ । रहन सहन, खानपान, जीवनशैली, सामाजिक एवं सांस्कृतिक मान्यता तथा संस्कार पनि एउटै किसिमको रहने गरेका कारण हामी एक–अर्काको देशमा हुँदा पनि हामीलाई आफ्नोपनको अनुभूति भइरहेको हुन्छ । खुला सिमाना हुनुको कारण पनि भरसक यही नै हो ।

हाम्रा सामाजिक सम्बन्ध कहिल्यै कमजोर भएन । सर्वे भवन्त सुखिनः सर्वे सन्तु निरामाया, सर्वे भद्राणी पश्यन्तुमा कश्चित दुःख भाग भवेतको कल्याणमयी भावनाबाट हाम्रो सामाजिक व्यवस्था ओतप्रोत रहेको छ ।

देवीदेवताका मठ मन्दिरको देशको रुपमा प्रचलित नेपाल र भारतमा शैव, शाक्त, वैष्णव, बौद्ध, जैन, सिख आदि धर्मावलम्बी आफ्नो इच्छा अनुसार धर्मानुष्ठान गर्ने गर्दछन् । धर्मानुष्ठानका बेला सङकल्प लिँदा हरि ऊँ तत्सत आर्यावर्तान्तर्गते भारत वर्षे भारतखण्डे जम्बुद्धीपे बौद्धावतारे आदिको उच्चारण गरिन्छ, गणेशादि देवीदेवता पुजनादिका वावजुद प्रमुख रुपमा व्रम्हा, विष्णु र महेशको पुजन गर्दछन् । यिनलाई जन्मदाता, पालनकर्ता र संहारकर्ताको रुपमा जानिन्छ ।

महाकाली, महालक्ष्मी र महासरस्वती यी तीन शक्तिलाई कष्ट दुर गर्ने, वैभव प्रदान गर्ने तथा बुद्धि प्रदान गर्नेको रुपमा मान्यता रहेको छ । यसरी नै पंचदेवता, विष्णु, पन्चभौतिक, दशदिकपात एवं नवगहादि देवतालाई समान रुपमा पुजा अर्चना गरिन्छ । यिनका अहिंसा परमोधर्मको भावना बढी हुन्छ । यी ईश्वर अंश जीव अविनाशीको मान्यता राख्दै पशुपंक्षी जड–जङ्गममा पनि ईश्वरकै अंश मान्ने गर्दछन् ।

नेपाल र भारत आर्यावर्तान्तर्गतका देश मानिन्छ । यस भूभागमा वैवाहिक सम्बन्ध निकै पुरानो छ । पौराणिक कालदेखिको यस सम्बन्धलाई रोटी बेटीको पनि सम्बन्ध मानिन्छ । उत्तर–अभिमन्यु, अंशुवर्माकी छोरी र हर्षवद्र्धनको वैवाहिक सम्बन्ध पनि निकै पुरानो रहेको छ । भगवान रामको समयदेखिको यो वैवाहिक सम्बन्ध यति पुरानो रही आएको छ कि यस परम्पराको निर्वाह आज पनि शाही परिवार र राणाका परिवारमा समेत हुँदै आएको छ ।

त्रेतायुगमा स्थापित अयोध्या र जनकपुरको सम्बन्ध एक्काइसौं शताब्दीमा पनि कायम छ । भारत मध्य प्रदेशको टिकमगढकी महारानीले तीन–चार सय वर्ष अघि जनकपुरधामको रामजानकी मन्दिरको निर्माण नौ लाख रुपैयाँमा गराएकी थिइन । शायद त्यसैले होला जनकपुरको रामजानकी मन्दिरलाई “नौ लखा” मन्दिर पनि भनिन्छ, अहिले त यसको लागत ९ अर्ब भन्दा पनि बढी होला । अयोध्या र जनकपुरको सम्बन्ध सीता र रामका रुपमा सम्पूर्ण हिन्दुका लागि आस्था र विश्वासको विषय बनिसकेको छ ।

भारतका पूर्वप्रधानमन्त्री चन्द्रशेखर जनकपुर धामको भ्रमणमा आउँदा भनेका थिए– ‘सीता माताकै प्रेरणा र उत्साह प्रवर्द्धनबाट भगवान राम एक कुशल शासक र मर्यादा पुरुषोत्तम बन्न सके ।

भारतका पूर्वप्रधानमन्त्री चन्द्रशेखर जनकपुर धामको भ्रमणमा आउँदा भनेका थिए– ‘सीता माताकै प्रेरणा र उत्साह प्रवर्द्धनबाट भगवान राम एक कुशल शासक र मर्यादा पुरुषोत्तम बन्न सके । ’जगदजननी जानकीको स्थानलाई उनले उच्च मानेका थिए । प्रत्येक हिन्दुको मुखबाट प्रतिदिन प्रातःकालमा निस्किने पहिलो शब्द “जय सिया राम” नै हुने गर्दछ र सम्भवत मृत्यु कालमा पनि भन्न लगाइने शब्द “सीताराम” नै हुने गर्दछ । “सीताराम” को उच्चारण नामले पनि बैकुण्ठको बास हुन्छ भन्ने हाम्रो मान्यता रहेको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले केही वर्ष अघि नेपाल आउँदा पशुपति–काशी र जनकपुर–अयोध्या जोडने राजमार्ग निर्माणमा भारत सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाए । मोदीकै पहलमा भगवान श्रीराम र माता जानकीको जीवनगाथा जोडिएका महत्त्वपूर्ण स्थल नेपालको जनकपुर, भारतको सीतामढी, दरभङ्गा, बक्सर, चित्रकुट, नन्दीग्राम, महेन्द्र गिरी, जगदलपुर, भद्राचलम, हम्पी, नासिक, नागपुर र रामेश्वरमलाई समेत समेटेर रामायण सर्किटको निर्माण भइरहेको छ । संभवत यसमा श्रीलंकाका केही ठाउँलाई पनि समेटिने छ ।

माता जानकी तथा भगवान श्रीरामको शुभ विवाहको पावन दिवस विवाह पञ्चमीको अवसरमा अयोध्याबाट जन्तीको रुपमा सहभागी हुन केही वर्षअघि जनकपुरधाम आएका भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले जनकपुर–अयोध्या तथा काठमाडौं–बनारस बीच भगिनी शहर निर्माण सम्बन्धी सम्झौताले दुवै देशको पर्यटकीय विकासमा सकारात्मक सन्देश प्रवाह गरेको विश्वास व्यक्त गरेका थिए ।

भारत सरकारले जनकपुर र अयोध्या बीचको दुरी घटाउन रामजानकी राजमार्गको निर्माण गर्ने भएको छ । यसमा उत्तर प्रदेश सरकारको भूमिका महत्वपूर्ण हुनेछ । चारलेनको यो रामजानकी राजमार्ग निर्माण सुरु भएपछि जनकपुर, लखनऊ, अयोध्या र नयाँ दिल्लीबीचको दुरी कम हुनेछ । हालका दिनमा नेपाल–भारतबीच वैवाहिक सम्बन्धमा कमी आइरहेको छ । जुन दुर्भाग्यपूर्ण हो । त्रेतायुगकालिन वैवाहिक सम्बन्धले निरन्तरता पाउनु पर्छ । यसले हाम्रो सांस्कृतिक सम्बन्धलाई बलियो बनाउनेछ ।

प्रकाशित मिति : ९ मंसिर २०८२, मंगलबार  ९ : ३४ बजे

मन्त्रीलाई बञ्चरे डाँडाबासीको चुनौती- ‘जग्गा दिन्छौं, हामीसँगै बस्न सक्नुहुन्छ ?

२० वर्षदेखि ककनी, धुनीबेसी र बेलकोटगढीका स्थानीय ‘स्वच्छ वातावरणमा बाँच्न

एउटा कर्मचारीको भरमा बलेवा विमानस्थल

बागलुङ– बागलुङको बलेवा विमानस्थलमा २०७५ सालयता कुनै पनि जहाज आउन

मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार, ६२ करोड ८२ लाख बढीको बिक्री

मुस्ताङ– मुस्ताङको पाँच स्थानीय तहमा ६२ करोड ८२ लाख ३५

नेपाल भारत-सांस्कृतिक सम्बन्धको अटुट आधार

नेपाल र भारतबीच परम्परागत एवं बहु आयामिक सम्बन्ध रहिआएको छ

रसुवाको चिलिमे तातोपानीमा स्नान गर्नेको घुइँचो

रसुवा– रसुवास्थित चिलिमे तातोपानीमा स्नान गर्ने भक्तजनको सङ्ख्या पछिल्लो समयमा