अबको मन्त्रिमण्डलमा महिलालाई प्राथमिकता दिइनेछ : प्रधानमन्त्री कार्की « Khabarhub

अबको मन्त्रिमण्डलमा महिलालाई प्राथमिकता दिइनेछ : प्रधानमन्त्री कार्की


९ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको पहिलो दिनलाई सम्बोधन गर्दै प्रधानमन्त्री सुशीला कार्कीले अबको मन्त्रिमण्डल विस्तारमा महिलालाई प्राथमिकता दिइने बताएकी छिन् । 

उनले भनिन्, ‘पहिले पनि मन्त्री बनाउन महिलालाई प्राथमिकता दिइएको हो । तर महिला खोज्दा क्रमिक रुपमा पुरुष नै भेटिन्छ । अबको मन्त्रिमण्डलमा महिलालाई प्राथमिकता दिइन्छ । उनीहरूलाई अग्रणी दिइन्छ ।’

लैङगिक हिंसा विरुद्धको अभियान समाजमा चेतना जगाउने दिवस प्रतीक भएको प्रधानमन्त्री कार्कीको भनाइ छ । ‘यो १६ दिनमा कम्तिमा एउटा कुरा परिवर्तन गरौँ न । मुलुकको अवस्था हेरेर मितव्ययिता भएर काम गर्नुपर्छ । सकारात्मक सोच बनाउने प्रतिबद्धता हो ।

त्यसैगरी प्रधानमन्त्रीले नेपालमा महिलाको लागि बनेको कानुन कार्यान्वयनमा आउन नसकेको बताइन् । 

भन्छिन्, ‘महिलाले उजुरी गर्यो भने पावरफूल मान्छेका कुरा सुनेर न्याय गर्ने संस्कार छ । महिलामाथि हुने हिंसाले मानसिक चोट ल्याउँछ । त्यसले डिप्रेसन ल्याउँछ । त्यसले परिवारै समाप्त पार्छ । हिंसाको अन्त्य गर्न समाजलाई जगाउनु पर्छ । महिलाको पनि मानव अधिकार छ भन्ने बुझ्नुपर्छ । सासू र बुहारीबीचमा बेमेल छ । महिला र पुरुष नमिली परिवार र समाज बन्दैन ।’

प्रकाशित मिति : ९ मंसिर २०८२, मंगलबार  १२ : ३५ बजे

रोहित शेट्टीको घरमा फायरिङ : बिश्नोई गिरोहको धम्की

काठमाडौं– बलिउडका चर्चित निर्देशक रोहित शेट्टीको मुम्बईस्थित जुहूको घर ‘शेट्टी

पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै

त्रिवेणी– यही माघ २७ गते रुकुम पश्चिममा एक हजार ८००

यूएईले दुई सय ६७ नेपाली बन्दीलाई दियो आममाफी, सरकारद्वारा कृतज्ञता व्यक्त

काठमाडौं– नेपाल सरकारले संयुक्त अरब इमिरेट्स (यूएई) सरकारको ५४औँ राष्ट्रिय

के हो पत्रकार दिनेश सिटौलाको ज्यान लिएको ‘सबअरेक्नोइड हेमरेज’ ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन (बालेन्द्र)

स्याङ्जामा वडा सदस्यसहितका युवाहरू कांग्रेस प्रवेश 

काठमाडौं– स्याङ्जामा नेकपा एमालेका वडा सदस्यसहितका युवाहरू पार्टी परित्याग गरी