प्रतिनिधि सभा फर्काउन माग गर्दै सर्वोच्चमा पुग्यो एमाले « Khabarhub

प्रतिनिधि सभा फर्काउन माग गर्दै सर्वोच्चमा पुग्यो एमाले


९ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं : गत भदौ २७ गते सुशीला कार्की नेतृत्वमा अन्तरिम सरकार गठन भएपछि विघटन गरिएको प्रतिनिधिसभा पुनर्स्थापनाको मागसहित नेकपा एमाले सर्वोच्च अदालतमा पुगेको छ।

सुशीला कार्की प्रधानमन्त्री भएपछि उनकै सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरेका थिए ।

त्यसैविरुद्ध एमालेले सर्वोच्च अदालतमा रिट निवेदन पेश गरेको विघटित प्रतिनिधि सभाका प्रमुख सचेतक महेश बर्तौलाले बताएका छन् ।

विघटित प्रतिनिधिसभा संसदीय दलको बैठकबाट एमालेले यसअघि नै सर्वोच्च अदालत जाने निर्णय गरेको थियो।

‘विघटित प्रतिनिधिसभा पुनर्स्थापना गर्न एमाले संसदीय दल (असंवैधानिक रूपमा विघटित प्रतिनिधि सभा)को तर्फबाट दलका मुख्य सचेतक महेश बर्तौला र सचेतक सुनिता बराललाई प्रतिनिधिसभा पुनःस्थापनाको माग राखी सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्न जो जे काम-कारबाही गर्नु पर्दछ त्यो गर्ने गरी दलको तर्फबाट उल्लेखित विषयमा आवश्यक रिट निवेदन दर्ता, वारेस मुकरर, कानून व्यवसायी मुकरर लगायत कार्य गर्न अधिकार रहनेगरी बैठकले अख्तियारी दिने’, बैठकले भनेको थियो ।

रिट निवेदकमा माले संसदीय दल (विघटित प्रतिनिधिसभा) को तर्फबाट मुख्य सचेतक बर्तौला र सचेतक बराल रहेका छन्।

उता कांग्रेस प्रमुख सचेतक श्याम घिमिरे पनि सांसदहरूबाट संकलित हस्ताक्षर लिएर सर्वोच्च अदालतमा जाने भएका छन् । यसअघि नै सर्वोच्चले उक्त मुद्दाको सुनुवाइका क्रममा विघटति संसद्बबाट रिट निवेदन आए नआएकोबारे चासो राखेको थियो ।

प्रकाशित मिति : ९ मंसिर २०८२, मंगलबार  १ : ३६ बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मका पछिल्ला १० वर्ष : ब्याजले लम्बिएको हिट लिस्ट

काठमाडौं – नेपाली फिल्मको बजार ४६ करोड ८७ लाखभन्दा बढीको

म्याग्दीको रत्नेचौर–भकुण्डे सडक : कालोपत्र गरिएको सडकमा खाल्डैखाल्डा

म्याग्दी– बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक योजना निर्माण पुरा नहुँदै कालोपत्र

सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्सबीच सहकार्य

काठमाडौं– यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि तथा सेवाको पहुँच

राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले कर्मचारी सुरक्षण कोषमा रहेको एक अर्ब