‘शोले’ का जयले वीरुलाई सम्झिँदै भने- ‘भरिन नसक्ने शून्यता छाएको छ’ « Khabarhub

‘शोले’ का जयले वीरुलाई सम्झिँदै भने- ‘भरिन नसक्ने शून्यता छाएको छ’


९ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

मुंबई – बलिउडका वरिष्ठ अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन भएपछि फिल्म उद्योग र प्रशंसकहरू शोकमग्न छन्।

करिब ५० वर्षअघि रिलिज भएको चर्चित फिल्म शोले मा वीरुको भूमिका निभाएका धर्मेन्द्र बलिउडका कालजयी कलाकारमध्ये एक थिए। सोही फिल्ममा जयको भूमिका निभाएका अमिताभ बच्चनले  सोसल मिडियामा धर्मेन्द्रप्रति श्रद्धाञ्जली व्यक्त गर्दै आफूले एक बहादुर र दिग्गज योद्धा गुमाएको बताएका छन्।

अमिताभले धर्मेन्द्रको केवल दमदार उपस्थिति मात्र नभई करुणा, सादगी र पञ्जाबको माटोसँग जोडिएको स्वभावका कारण उनी महान व्यक्तित्व भएको उल्लेख गरेका छन्। धर्मेन्द्रको निधनपछि जीवनमा भरिन नसक्ने शून्यता छाएको उनको भनाइ छ।

पञ्जाबमा जन्मिएका धर्मेन्द्रले १९६० को दशकमा फिल्म क्षेत्रमा प्रवेश गरेका थिए। आफ्नो करिअरमा उनले फूल और पत्थर, शोले, चुपके चुपके, सत्यकम, यादों की बारात लगायत थुप्रै चर्चित फिल्महरूमा यादगार अभिनय प्रस्तुत गरेका थिए। पर्दाभित्र रोमान्सदेखि वीर भूमिकासम्म सहज रूपमा निभाउने उनको क्षमता बलिउडमा प्रशंसनीय मानिन्छ।

फिल्म बाहिर पनि धर्मेन्द्रको सरल स्वभाव, हाजिरजवाबी र प्रशंसकप्रतिको माया उनलाई सबैको मनमा प्रिय बनाएको थियो। बलिउडले एक महान कलाकार गुमाउँदै गर्दा धर्मेन्द्रले छोडेको कलात्मक विरासत र सदाबहार भूमिकाहरू सधैं स्मरणीय रहने बताइएको छ।

प्रकाशित मिति : ९ मंसिर २०८२, मंगलबार  १ : ३९ बजे

रोहित शेट्टीको घरमा फायरिङ : बिश्नोई गिरोहको धम्की

काठमाडौं– बलिउडका चर्चित निर्देशक रोहित शेट्टीको मुम्बईस्थित जुहूको घर ‘शेट्टी

पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै

त्रिवेणी– यही माघ २७ गते रुकुम पश्चिममा एक हजार ८००

यूएईले दुई सय ६७ नेपाली बन्दीलाई दियो आममाफी, सरकारद्वारा कृतज्ञता व्यक्त

काठमाडौं– नेपाल सरकारले संयुक्त अरब इमिरेट्स (यूएई) सरकारको ५४औँ राष्ट्रिय

के हो पत्रकार दिनेश सिटौलाको ज्यान लिएको ‘सबअरेक्नोइड हेमरेज’ ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन (बालेन्द्र)

स्याङ्जामा वडा सदस्यसहितका युवाहरू कांग्रेस प्रवेश 

काठमाडौं– स्याङ्जामा नेकपा एमालेका वडा सदस्यसहितका युवाहरू पार्टी परित्याग गरी