एमाले कैलालीमा बदमासी, नवीकरण भइसकेको सदस्यता पनि गायब बनाइयो « Khabarhub

एमाले कैलालीमा बदमासी, नवीकरण भइसकेको सदस्यता पनि गायब बनाइयो


९ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेले मंसिर २७ गते हुन लागेको एघारौँ महाधिवेशनका लागि यही मंसिर १३ गते प्रतिनिधिको छनोट गर्दैछ ।

एमालेले देशभर एकै पटक मंसिर १३ मा करिब २१ सय महाधिवेशन प्रतिनिधि छनोटको काम अघि बढाउँदैछ ।

आकांक्षी धेरैजना भएकाले एमालेमा महाधिवेशन प्रतिनिधिका लागि मतदान हुने सम्भावना देखिएको छ। भूगोलका सातै प्रदेशस्थित जिल्ला कमिटीहरूमा मतदानबाट महाधिवेशन प्रतिनिधि छानिने सम्भावना बलियो भएको हो ।

यस महाधिवेशनमा केपी शर्मा ओलीसँग वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भिड्ने तयारी गरिरहँदा प्रतिनिधि छनोटबाटे दुई लाइन समस्या देखिन थालेको छ।

केही जिल्लामा संस्थापनले इतर पक्षलाई महाधिवेशन प्रतिनिधिमा रोक्न संगठित सदस्यता नै खोसिदिनेसम्मको हर्कत हुन थालेको छ ।

कैलालीमा महाधिवेशनका लागि प्रतिनिधि छनोट अघि बढिरहँदा एउटा पक्षले निषेध अभियान नै चलाएको छ । महाधिवेशन प्रतिनिधिमा आफू पक्षीयलाई पठाउन जिल्ला कमिटीले केही नेता-कार्यकर्ताको संगठित सदस्यता नै गायब पारेको भेटिएको छ । संगठन विभागले प्रमाणित गरिसकेको सूचीबाटै महाधिवेशन प्रतिनिधिका आकांक्षीको नाम नै गायब बनाइएको हो ।

कैलालीमा महाधिवेशन प्रतिनिधिका आकांक्षी १३ जना नेता-कार्यकर्ताको नाम संगठन विभागले प्रमाणित गरेको सूचीबाटै हटाएको भेटिएपछि विवाद भएको हो ।

कतिसम्म भने प्रदेश सभा सदस्यमा चुनाव लडिसकेका र जिल्ला कमिटी सचिवालय सदस्य तहका नेताहरूको नाम पनि गायब बनाइएको छ । यसका कारण अहिले कैलाली एमालेमा ठूलो किचलो देखिएको छ।

वरिष्ठ नेताहरूकै नाम संगठित सदस्यको सूचीबाट गायब पारिएपछि एमाले कैलाली इन्चार्ज नारदमुनि रानाले छानबिन समिति नै गठन गरिएको बताएका छन् ।

रानाले एमाले कैलालीको आइतबारको बैठकबाट टेक बुढा नेतृत्वमा पालिका कमिटी र वडा कमिटी अध्यक्षसमेत समेटिएको छानबिन बनाइएको बताएका छन् । रानाले संगठित सदस्यमा कयौँ नेता कार्यकर्ताको नाम छुटेको गुनासो र निवेदनसमेत आएकाले छानबिन समिति बनाइएको बताएका छन् । उनले अहिले छानबिन चलिरहेकाले केही दिनमा यसको वास्तविकता थाहा हुने पनि बताएका छन्

कतिसम्म भने अखिलकै पूर्वजिल्ला एवम् एमाले जिल्ला सदस्य कुमार बडैला, सचिवालय सदस्य दीपक रावल, राष्ट्रिय युवा संघका सह-संयोजक प्रकाश खड्का र उदयराज जोशीको पनि नाम संगठित सदस्यबाट गायब बनाइएको छ । उनीहरूमध्ये केही ४० वर्षतलको कोटामै महाधिवेशन प्रतिनिधिका रुपमा जान तयार थिए ।

नाम छुटाइएका रावलले आफू एमालेमा १७ वर्षदेखि संगठित सदस्य रहेको बताएका छन् । उनले महाधिवेशन प्रतिनिधिमा जाने सम्भावना देखेपछि रोक्न कैँची चलाइएको दाबी गरे । उता खड्काले दुवैजनालाई नियतवश रोक्न संगठित सदस्यता नै खारेज गर्नेसम्मको कदम चालिएको बताएका छन् ।

एमाले कैलालीले कतिसम्म गरेको छ भने २०७९ सालको प्रदेश सभा निर्वाचनमा उम्मेदवारी दिएका जयनारायण जोशीकै संगठित सदस्यतासमेत गायब गरिएको छ । त्यसैगरी एमालेका पूर्वप्रदेश कमिटी सदस्य सावित्री देवी सापकोटा, जिल्ला कमिटी सदस्य सुरतबहादुर विष्ट र पूर्वजिल्ला सदस्य गजेन्द्र स्वाँरलाई पनि संगठित सदस्यबाटै हटाइएको छ । उनीहरूसहित कम्तीमा पनि १३ जनाको नाम संगठित सदस्यबाट गायब गरिएको छ।

उनीहरू सबैले पार्टीले दिएको समयमै संगठित सदस्यता नवीकरण गरेका थिए । गाउँकमिटीले उनीहरूको सदस्यता नवीकरण भएको रसिद पनि दिएका छन् । तर जिल्लाबाट नाम पठाउँदा ती सबैलाई संगठित सदस्यबाट हटाइएको छ।

यस्तो बदमासी भएपछि एमाले टीकापुर नगर कमिटीले केन्द्रीय संगठन विभागलाई पत्र लेखेको छ। खड्का, जैशी र रावलको नाम छुटाइएको भन्दै टीकापुर नगर कमिटीले सिधै संगठन विभागलाई पत्र लेखेर समेटिदिन भनेको अध्यक्ष लक्ष्मण थापाले बताएका छन् ।

उता कुमार बडैलाले पनि नवीकरण गरिसकेको अवस्थामा पनि आफ्नो संगठित सदस्यता नियतवश छुटाइएको भन्दै जिल्ला कमिटीमा निवेदन दिएका छन्
। उनले २०८१/०८२ सम्मको संगठित सदस्यता नवीकरण गरिसक्दा पनि छुटाइएको भन्दै प्रमाणसहित निवेदन दिएका छन् ।

त्यसपछि उनीहरूले नवीकरण भएको प्रमाण र रसिदसहित काशीनाथ अधिकारी नेतृत्वको केन्द्रीय संगठन विभागमै निवेदन दिएका छन् । केन्द्रीय संगठन विभागमै निवेदन पुगेपछि अहिले यो प्रकरणले कैलाली एमालेमा खैलाबैला भएको छ। केन्द्रीय संगठन विभागले पनि चासो राखेपछि जिल्ला कमिटीले छुटाएका नाम थपेर पठाउन प्रदेश कमिटीमार्फत् फेरि

सिफारिस भएको छ। त्यसका लागि प्रदेश कमिटीले काम गरेको सचिव रणबहादुर चन्दले जानकारी दिएका छन् ।

जिल्लाले लेख्यो पत्र

विरोध र चर्को आलोचना भएपछि एमाले कैलालीले १३ जना नेताको नाम छुटेको भन्दै सोमबार केन्द्रीय संगठन विभागलाई पत्र लेखेको छ।

पत्रमा एमाले जिल्ला कमिटी कैलालीको सदस्यता नवीकरण २०८२ को समग्र विवरणमा छुटेको भन्दै थप्न भनिएको छ। छानबिन समिति गठन भएको सन्दर्भमा जिल्ला कमिटीले नवीकरण भएर पनि विवरणमा छुट हुन गएको भन्दै सदस्यता कायम गरी समावेश गरिदिन १३ जनाको नाम पठाएको छ ।

जिल्ला कमिटी सचिव ममताप्रसाद चौधरीले यो सदस्यता अध्यावधिका कारणले ११औँ रास्ट्रिय महाधिवेशनको प्रतिनिधि संख्यामा थपघट नहुने पनि बताएका छन् ।

छुटेकाहरू

प्रकाशित मिति : ९ मंसिर २०८२, मंगलबार  २ : ४१ बजे

जेन-जी आन्दोलनका घाईते ९ जना अझै अस्पतालमा 

काठमाडौं– जेन-जी आन्दोलनका क्रममा प्रहरीले चलाएको गोली लागेर घाईते भएका

मेलम्ची आयोजना प्रभावित क्षेत्रको पूर्वाधार निर्माणमा समन्वय गर्न समिति गठन

काठमाडौं–  सरकारले मेलम्ची खानेपानी आयोजना प्रभावित क्षेत्रको पूर्वाधार विकाससँग सम्बन्धित

मुलुकमा निर्वाचनको पूर्ण वातावरण बनिसकेको छ : सञ्चारमन्त्री खरेल

काठमाडौं– सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले

स्वास्थ्यमन्त्री र स्वास्थ्य क्षेत्रका दातृ निकायका प्रतिनिधिबीच भेटवार्ता  

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतम र

निर्वाचनको वातावरण बनाउन जनतालाई अपिल गर्दै सरकारलाई दबाब दिन्छौँ : प्रचण्ड 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनको वातावरण