नेपाल बैंकर्स संघको क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न « Khabarhub

नेपाल बैंकर्स संघको क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न


९ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल बैंकर्स संघले जर्मन डेभलपमेन्ट को–अपरेसनसँगको सहकार्यमा आरईईएफपी–ग्रिन परियोजना अन्तर्गत नेपालमा ऊर्जा दक्षता ऋण संयन्त्र विकास तथा कार्यान्वयन सम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ ।

कार्यशालामा ऊर्जा दक्षता प्रवद्र्धनमा बैंकको भूमिका र यसले सिर्जना गरेको अवसरको बारे छलफल भयो । बैंकहरुको ऊर्जा दक्षतामा भएको लगानी मार्फत उद्योगहरूलाई ऊर्जा खपत तथा सञ्चालन लागतमा कमी गर्न सहयोग पुग्ने र यसले नेपालको दिगो आर्थिक विकासलाई सहयोग पुग्नुका साथै यसबाट नेपाललाई प्रतिस्पर्धी औद्योगिक अर्थतन्त्र तर्फ उन्मुख गराउन सकिने विषयमा व्यवहारिक ज्ञान प्रदान गरिएको थियो । 

कार्यक्रम काठमाडौं, बुटवल, भैरहवा, पोखरा, विराटनगर, वीरगञ्ज, चितवन र नेपालगन्ज लगायत प्रमुख औद्योगिक क्षेत्रहरूमा गरिएको थियो । उक्त कार्यक्रममा ८ वटा बैंकका प्रदेश प्रमुख, शाखा प्रबन्धक गरि २ सयभन्दा बढी बैंकका अधिकारीहरूको सहभागिता रहेको थियो । समापन कार्यक्रम काठमाडौंमा बैंकका वरिष्ठ पदाधिकारीहरूको उपस्थिति सहित सम्पन्न गरियो । 

नेपाल बैंकर्स संघ दिगो तथा हरित वित्तीय अभ्यासलाई बैंकिङ क्षेत्रमा अझ मजबुत बनाउँदै लैजानुका साथै यसलाई मूलधारमा ल्याउन विभिन्न सरोकारवालासँग सहकार्य गर्दै जाने विषयमा प्रतिबद्ध रहेको छ ।

प्रकाशित मिति : ९ मंसिर २०८२, मंगलबार  ४ : ४८ बजे

सभामुख डीपी अर्यालले बोलाए दलका प्रमुख सचेतकहरूको बैठक

काठमाडौँ – सभामुख डोलप्रसाद अर्यालले सोमबार बिहान प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने

अवैध लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

काठमाडौं – नियमित गस्तीमा रहेको प्रहरीको टोलीले देशका विभिन्न स्थानबाट

ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ

काठमाडौं – प्रहरीले ईश्वरी भुजेल हत्या प्रकरणमा थप तीन जनालाई

हिमाली क्षेत्रमा असुरक्षा बढ्दै गएको भन्दै सुरक्षाको माग

काठमाडौं – सगरमाथा आरोही सङ्घले नेपालको हिमाली क्षेत्रमा असुरक्षा बढ्दै

हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लेबनानमा हेजबुल्लाहविरुद्ध थप ‘भौतिक’