लुम्बिनीले लगालग विकेट लिएपछि काठमाडौंको ब्याटिङ संकटतिर, बाहिरिए ५ ब्याटर « Khabarhub

लुम्बिनीले लगालग विकेट लिएपछि काठमाडौंको ब्याटिङ संकटतिर, बाहिरिए ५ ब्याटर


९ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत मंगलबारको खेलमा लुम्बिनी लायन्सविरुद्ध काठमाडौं गोर्खाजले लगागल विकेट गुमाएपछि ब्याटिङ संकटतिर धकेलिएको छ ।

११ ओभरको अन्तिम बलमा ७३ रनको दयनीय अवस्थामा काठमाडौंले पाँच महत्त्वपूर्ण ब्याटरलाई गुमाएको हो ।

११ ओभरमा लुम्बिनीका कप्तान रोहित पौडेलले २ विकेट लिए । उक्त ओभरको दोस्रो बलमा जोन सिम्पसन र अन्तिम बलमा मिलिन्द कुमारलाई रोहितले आउट गराएका हुन् ।

मिलिन्दले २० बलमा १७ रन जोडे भने जोनले ७ रन जोडेर आउट भए ।

खेल १३ ओभरमा पुग्दा काठमाडौं पाँच विकेटको क्षतिमा ८५ रनको दयनीय अवस्थामा छ ।

यो टिमको रन उकास्न क्रिजमा टिकेर आक्रामक ब्याटिङ गर्ने खेलाडीको आवश्यक छ । 

काठमाडौंका ओपनद्वय आकाश त्रिपाठी र बेन चार्ल्सवर्थ लुम्बिनीका शेर मल्लको सिकार भए । दोस्रो ओभरको पहिलो बलमा बेन आउट भएका हुन् । उनले रनको खाता पनि खोल्न सकेनन् । 

आकाशले ३६ बलमा ३ चौका प्रहार गर्दै ३२ रन जोडे । यस इनिङमा अहिलेको अवस्थामा सबैभन्दा बढी रन बनाउने पनि उनै हुन् । 

चार ओभरको तेस्रो बलमा दोस्रो विकेटकारूपमा ब्याटर रसिद खान आउट भएका हुन् । १० बलमा २ चौकाको सहयोगमा १४ रन जोडेका रसिदलाई चितवनका रुबेन ट्रम्पेलम्यानले आउट गराएका हुन् ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा टस हारेर काठमाडौंले पहिला ब्याटिङको निम्तो पाएको हो ।

प्रकाशित मिति : ९ मंसिर २०८२, मंगलबार  ५ : ०० बजे

सुनको मूल्य तोलाको तीनलाख नजिक, एकै दिन ८ हजार रुपैयाँले वृद्धि

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ ।

मिलापत्रमै टुङ्गिन्छन् सम्बन्धविच्छेदका अधिकांश मुद्दा

झापा– सम्बन्धविच्छेदका लागि अदालत पुग्ने अधिकांश दम्पती अन्ततः आपसी सहमतिमै

नयाँ तलबमान स्वीकृत: मुख्यसचिवको ९० हजार, कसको तलब कति ?

काठमाडौँ – सरकारले राष्ट्रसेवक कर्मचारीको नयाँ तलबमान स्वीकृत गरेको छ।

‘महाभारत’का अश्वत्थामादेखि ‘गजनी’का डरलाग्दा खलनायकसम्म: प्रदीप रावत सङ्घर्ष र सफलता

भारतीय चलचित्रमा केही कलाकार यस्ता हुन्छन्, जसको नाम सुन्नासाथ कुनै

देशका विभिन्न राजमार्ग अवरुद्ध, केही सडकमा राति गाडी चलाउन नपाइने

काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा