इनड्राइभले प्लेटिनम ड्राइभर गिभअवे क्याम्पेनका ग्रान्ड प्राइज विजेतालाई पुरस्कार हस्तान्तरण गर्‍यो « Khabarhub

इनड्राइभले प्लेटिनम ड्राइभर गिभअवे क्याम्पेनका ग्रान्ड प्राइज विजेतालाई पुरस्कार हस्तान्तरण गर्‍यो


९ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वव्यापी मोबिलिटी एण्ड अर्वान सर्भिस प्लेटफर्म इनड्राइभले काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा आफ्नो प्लेटिनम ड्राइभर गिभअवे क्याम्पेनका विजेताहरूलाई पुरस्कार हस्तान्तरण गरेको छ । यो अभियानमा ड्राइभर पार्टनर्सबाट उत्साहजनक प्रतिक्रिया र सहभागिता रहेको थियो ।

क्याम्पेन साप्ताहिक च्यालेन्ज, रोमाञ्चक पुरस्कारहरू, र दुई मेगा ग्रान्ड पुरस्कारहरू मार्फत इनड्राइभका सबैभन्दा प्रतिबद्ध ड्राइभर पार्टनर्सलाई पहिचान गर्न र पुरस्कृत गर्न डिजाइन गरिएको थियो ।

विजेताहरू यी हुन्:
● टाटा एक्सप्रेस–टि इभी (क्याब ड्राइभर श्रेणी)– हरि पाण्डे
● टिभिएस रेडर (बाइक (मोटो) राइडर श्रेणी) : आकाश तामाङ

दुबै विजेताहरूलाई तीनवटै च्यालेन्ज विक्समा निरन्तर प्लेटिनम स्थिति कायम राख्ने, र भव्य पुरस्कारहरूको लागि योग्य हुन सबै योग्यता मापदण्डहरू पूरा गर्ने चालकहरूको समूहबाट छनोट गरिएको थियो ।

 यो घोषणा नोभेम्बर ७ मा इनड्राइभ नेपालको आधिकारिक टिकटक च्यानल मार्फत लक्की ड्र मार्फत प्रत्यक्ष प्रसारणमा गरिएको थियो ।

क्याम्पेनले थप ड्राइभर पार्टनर्सलाई साप्ताहिक पुरस्कारहरू पनि वितरण गर्याे, जसमा निम्न समावेश छन्ः
● वनप्लस नर्ड सिई४ लाइट फाइभजी स्मार्टफोनका १५ विजेताहरू

● अल्टिमा एटम १९२ इयरबडका ३० विजेताहरू

● अल्टिमा नोभा प्रो स्मार्टवाचका ३० विजेताहरू

इनड्राइभ नेपालकी सिनियर ड्राइभर रिटेन्सन स्पेसलिस्ट सुनिता जीमी राईले विजेताहरूलाई बधाई दिँदै उनीहरूको अमूल्य योगदानको कदर गर्दै भनिन, ‘हाम्रा ड्राइभर पार्टनर्सहरू नेपालमा इनड्राइभको सफलताको आधार हुन् । यो अभियान उनीहरूको प्रतिबद्धता, व्यावसायिकता र उनीहरूले हरेक दिन खेल्ने महत्वपूर्ण भूमिकालाई मान्यता दिने हाम्रो कदम हो ।  हामी हाम्रो कम्युनिटी पार्टनर्सलाई समर्थन गर्न पाउँदा गर्व गर्छौं । सबै विजेताहरूलाई बधाई छ, र हाम्रो मिशनलाई अगाडि बढाउनुभएकोमा धन्यवाद ।’

प्रकाशित मिति : ९ मंसिर २०८२, मंगलबार  ५ : ०३ बजे

एन्फाले सहयोग नगरेपछि उपचार खर्च जुटाउन साम्बाको हारगुहार

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाले

दक्षिण कोरिया र ब्राजिलद्वारा व्यापार सम्झौतामा हस्ताक्षर

एजेन्सी – ब्राजिलका राष्ट्रपति लुइज इनासिओ लुला दा सिल्भाको दक्षिण

बाँकेमा ३३ जना उम्मेदवारले खोले बैंक खाता

नेपालगन्ज– निर्वाचन खर्च प्रयोजनका लागि बाँकेमा ३३ जना उम्मेदवारले मात्रै

पुनर्मिलनको पर्खाइमा पाकिस्तानी बङ्गाली

एजेन्सी – पाकिस्तान र बङ्गलादेशबीच १४ वर्षपछि प्रत्यक्ष उडान पुनः

गृहमन्त्री र संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजकबीच सहकार्य बढाउनेबारे छलफल 

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालसँग संयुक्त राष्ट्रसङ्घ, नेपालका आवासीय संयोजक लिला