लुम्बिनीका कप्तान रोहित पनि सस्तैमा आउट, काठमाडौँले लियो चार विकेट « Khabarhub

लुम्बिनीका कप्तान रोहित पनि सस्तैमा आउट, काठमाडौँले लियो चार विकेट


९ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत मंगलबारको खेलमा जवाफी ब्याटिङमा उत्रिएका लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलल पनि सस्तैमा आउट भएका छन् । 

१६ बलमा ११ रन जोडेका रोहित काठमाडौंका गेरहार्ड इरास्मसको एलबीडब्ल्यू धरापमा परेका हुन् । उनी सात ओभरको पाँचौ बलमा ६४ रनको अवस्थामा आउट भएका हुन् । 

सुरुवाती क्रमका ब्याटरहरु आउट भएपछि लुम्बिनीको ब्याटिङ दबाबमा परेको छ ।

तेस्रो विकेटका रुपमा गुलबदिन नैब सस्तैमा आउट भएका हुन् । उनले ६ बलमा १ छक्का र १ चौकाको सहयोगमा ११ रन जोडे । शाहब आलमले उनलाई आउट गराएका हुन् ।

त्यसअघि ओपनर डीआर्सी सर्ट ११ बलमा २२ रन जोडेर आउट भए । ३ चौका र १ छक्का प्रहार गरेका उनलाई मिलिन्दाले ३ ओभरको दोस्रो बलमा दोस्रो विकेटका रुपमा आउट गराएका हुन् ।

अर्का ओपनर सन्दीप जोरा पनि मिलिन्दाकै बलको शिकार भएका हुन् । पहिलो विकेटका रुपमा आउट भएका उनले ५ बलमा १ चौकाको सहयोगमा ७ रन जोडे ।

सन्दीपलाई मिलिन्दाले दोस्रो ओभरको दोस्रो बलमा रसिद खानमार्फत् क्याच आउट गराएका हुन् ।

टस जितेको लुम्बिनी १५८ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको हो ।

प्रकाशित मिति : ९ मंसिर २०८२, मंगलबार  ६ : ३३ बजे

कांग्रेस महाधिवेशन: सभापतिको मतगणना आजै राष्ट्रिय सभागृहमा हुने, अन्य पदको सानेपामा गरिने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि खसेको

दोलखामा विकास निर्माणका काम अलपत्र पार्ने २२ निर्माण व्यवसायीको ठेक्का तोडिए

दोलखा – दोलखामा वर्षौंदेखि विकास निर्माणका काम अलपत्र पार्ने २२

गगन थापाले राष्ट्रिय सभागृहमा पुगेर गरे मतदान

काठमाडौँ – नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगनकुमार थापाले राष्ट्रिय सभागृहमा

शनिबार ककरोचले नयाँ दिल्लीमा विशाल प्रदर्शन गर्दै, सुरक्षा चुस्त

नयाँ दिल्ली- मतदाता सूचीमा अनियमितता भएको आरोप लगाउँदै निर्वाचन आयोगका