एमाले छाडेका दुलाल बने नेकपाको केन्द्रीय समिति सदस्य « Khabarhub

एमाले छाडेका दुलाल बने नेकपाको केन्द्रीय समिति सदस्य


९ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


306
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमाले छाडेका नेता भरतप्रसाद दुलाल कात्तिक १९ गते गठित नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य भएका छन् ।

नेकपा एमाले दोलखाका पूर्व सचिव तथा सैलुङ गाउँपालिकाका अध्यक्ष दुलाल मंगलबार प्रवेश गरेसँगै नेकपामा केन्द्रीय सदस्य भएका हुन् ।

उनलाई मंगलबार नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपालले पार्टी प्रवेश गराएका थिए ।

पार्टी प्रवेशपछि दुलालले वर्तमान वस्तुगत परिस्थिति र कम्युनिस्ट आन्दोलनलाई एकीकृत रूपले अघि बढाउन एमालेभित्र सम्भव नदेखिएकाले आफू नेकपामा आएको बताए।

सबै कम्युनिस्ट शक्तिहरू एक ठाउँमा उभिनु आजको आवश्यकता भएकोले आफू नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएको उनले बताए ।

दुलाल लामो समय एमाले दोलखामा सक्रिय रहेर नेतृत्व गर्दै आएका थिए। पार्टीले दुलालले पाएको जिम्मेवारी इमान्दारीपूर्वक पूरा गर्ने अपेक्षा गरेको जनाएको छ।

प्रकाशित मिति : ९ मंसिर २०८२, मंगलबार  ७ : ५८ बजे

रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

भोजपुर– भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत बनेको

राष्ट्रिय महिला लिग आजदेखि, उद्घाटन खेलमा एनआरटी र संकटा खेल्ने

काठमाडौँ– शहीद स्मारक राष्ट्रिय महिला लिग फुटबल आजदेखि सुरु हुँदैछ

चिकित्सकको त्रुटिविरुद्ध सर्वोच्चको आदेश- ‘पीडितको शारीरिक- मानसिक क्षति राज्यले भर्नुपर्छ’

काठमाडौँस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा झण्डै २ दशकअघि भएको

म्याग्दीको ग्रामीण भेगमा स्वास्थ्य एकाइ स्थापना

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–२ कुकुरबिसौनामा सामुदायिक स्वास्थ्य एकाइ स्थापना भएको

योग आशनसँगै रास्वपा प्रशिक्षणको दोस्रो दिनको सुरुवात

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नवनिर्वाचित सांसदका