काठमाडौँमा नगद र गहना चोरी गर्ने २ भारतीय पक्राउ « Khabarhub

काठमाडौँमा नगद र गहना चोरी गर्ने २ भारतीय पक्राउ


९ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंमा नगद र गरगहना चोरी कार्यमा संलग्न दुई भारतीय पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतको मोतीयारी जिल्ला थाना छिरहिया ९ महवा घर भइ काठमाडौंको बानेश्वर बस्ने २२ वर्षीय सुनिल साह र भारतकै आन्ध्र प्रदेश तिमापुर जिल्ला कारिमानर घर भइ सिनामंगल भत्केको पुल बस्ने २६ वर्षीय रमेश कालम छन्।

उनीहरूले कात्तिक ३० गते काठमाडौं महानगरपालिका–३०, रातोपुल मुनाल गल्लीस्थित एक घरमा ढोकाको ताल्चा फुटाई कोठामा राखिएको लकरसहितको सुनचाँदीका गहनाहरू चोरी गरेका थिए।

विशेष सूचनाका आधारमा प्रहरी वृत्त मालीगाउँबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा सोमबार उनीहरूलाई पक्राउ गरेको हो।

सोधपुछको क्रममा उनीहरूले डेरामा लुकाईछिपाई राखेको नगद, सुन तथा चाँदीका गरगहनालगायत विभिन्न सामानहरू बरामद गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। उनीहरूको साथबाट प्रहरीले तीन लाख नगद, सुनचाँदीसहित अन्य सामानहरू बरामद गरेको छ।

प्रकाशित मिति : ९ मंसिर २०८२, मंगलबार  ९ : २७ बजे

सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका

‘अर्काको सुन लगायो, आफ्नो कानलाई दुख’

काठमाडौं – अमेरिकामा धेरै कलाकार गए– आए । कलाकार बनेर

‘व्यावसायिक वातावरण निर्माणमा सरकार प्रतिबद्ध छ’

काठमाडौं– उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले मुलुकमा

नेपालगञ्जमा सार्वजनिक नीति साझेदारी ऐन पारित

नेपालगञ्ज– नेपालगञ्ज उपमहानगरपालिकाले संशोधनसहित आर्थिक ऐन, २०८२ र सार्वजनिक नीति साझेदारी

बुद्ध हिमाल हिमालचुली ग्रेट लेक्स सर्किटको नयाँ पदमार्गको विकास

काठमाडौं– गोरखा र लमजुङका पाँच स्थानीय तहलाई समेटेर बुद्ध हिमाल