‘डिजिटल हिंसा पनि हिंसा हो’ « Khabarhub

‘डिजिटल हिंसा पनि हिंसा हो’


९ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बदलिँदो परिवेशमा प्रविधिको विकाससँगै महिला तथा बालिकामाथि हुने ‘डिजिटल’ हिंसा रोक्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।

‘लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान’ को आज (मंगलबार) यहाँ शुभारम्भ गर्दै उनले महिला र बालिकाविरुद्ध हुने डिजिटल हिंसा अन्त्यका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिए। यस वर्षको यो दिवसको विश्वव्यापी नारा सान्दर्भिक रहेको भन्दै उहाँले डिजिटल दुनियाँ अब दैनिक जीवनभन्दा अलग नरहेको बताए।

प्रविधिले सिकाइ र कामलाई सहज बनाए पनि धेरै महिला तथा किशोरीका लागि यो क्षेत्र अझै पनि जोखिमपूर्ण र असुरक्षित रहेको औँल्याउँदै मन्त्री खरेलले भने, ‘अनलाइन उत्पीडन, साइबर स्टकिङ, अनुमति बिना तस्बिरको प्रयोग, घृणा फैलाउने अभिव्यक्ति र ट्रोलिङले त्रास र धम्की सिर्जना गर्छ।’

सञ्चार मन्त्रालयको लक्ष्य पूर्वाधार निर्माण र सेवा विस्तारमा मात्र सीमित नभई प्रत्येक नेपाली नागरिकका लागि सुरक्षित, समावेशी र सशक्तीकरण गर्ने ‘डिजिटल इकोसिस्टम’ निर्माण गरेको बताउँदै मन्त्री खरेलले भने, ‘जब हाम्रो आधा जनसङ्ख्या अनलाइनमा सुरक्षित महसुस गर्दैनन्, तब हाम्रो डिजिटल प्रगतिलाई पूर्ण वा निष्पक्ष मान्न सकिँदैन।’ उनले राष्ट्रिय साइबर सुरक्षा केन्द्रले जनचेतना अभिवृद्धिका काम गरिरहेको र हालै राष्ट्रिय एआई सेन्टरको स्थापना हुनुले डिजिटल नेपाल निर्माणप्रतिको सरकारको प्रतिबद्धता प्रतिविम्बित भएको बताए।

डिजिटल हिंसाविरुद्धको लडाइँ सरकार एक्लैले जित्न नसक्ने भन्दै मन्त्री खरेलले कानुनी र नीतिगत ढाँचालाई बलियो बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले पीडितलाई न्याय दिलाउन र पीडकलाई जवाफदेही बनाउन साइबर कानुनको समीक्षा गरिने जानकारी दिए। साथै शिक्षा क्षेत्रसँग सहकार्य गर्दै पाठ्यक्रममा डिजिटल साक्षरता समावेश गर्ने, निजी क्षेत्र र नवप्रवर्तनलाई सुरक्षित प्लेटफर्म विकास गर्न प्रोत्साहन गर्ने तथा तीनवटै तहका सरकार, संयुक्त राष्ट्रसंघ र नागरिक समाजसँग सहकार्य बढाउने योजना पनि उनले अघि सारे।

संयुक्त राष्ट्र संघको तर्फबाट बोल्दै आवासीय संयोजक हाना सिंगर-ह्याम्डीले डिजिटल हिंसा महिला र किशोरीहरूको अधिकार, मर्यादा र स्वायत्ततामाथिको आक्रमण मात्र नभई सार्वजनिक जीवनमा उनीहरूको सहभागिताको लागि प्रत्यक्ष खतरा पनि भएको कुरामा जोड दिइन्। उनले भनिन्, ‘अनलाइन दुर्व्यवहारले महिला पत्रकारहरूलाई मौन बनाइरहेको छ, महिला नेताहरूलाई निरुत्साहित गरिरहेको छ र किशोरीहरूलाई डिजिटल स्पेसहरूबाट टाढा धकेलिरहेको छ।’

महिला र किशोरीहरूका लागि अनलाइन माध्यम सुरक्षित बनाउन, समग्र समाजले हानिकारक मूल्यमान्यताहरूलाई चुनौती दिन, जबाफदेहितालाई बलियो बनाउन र डिजिटल अधिकारको सुरक्षा गर्ने प्रणालीमा लगानी गर्न आवश्यक रहेको उनको भनाइ छ।

उनले उत्थानशीलता निर्माण गर्न, मनोवृत्ति परिवर्तन गर्न र सम्मानजनक अनलाइन व्यवहारलाई प्रवर्द्धन गर्न, किशोर किशोरीहरू – विशेष गरी किशोरहरूलाई डिजिटल साक्षरताको आवश्यकता रहेको कुरा प्रकाश पारिन्।

कार्यक्रममा सुरक्षित डिजिटल स्पेसका लागि सामूहिक प्रतिबद्धता झल्काउने, युवाद्वारा तयार गरिएको चित्र (म्युरल) प्रदर्शन गरिएको थियो। त्यस्तै, बढ्दो अनलाइन दुर्व्यवहार र प्रभावकारी सुरक्षाको तत्काल आवश्यकताका विषयमा सामाजिक अभियन्ता तथा डिजिटल अधिकारका विज्ञहरुसँग छलफल समेत गरिएको थियो।

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान हरेक वर्ष मनाइने अन्तर्राष्ट्रिय अभियान हो। यो अभियान महिला विरुद्धको हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस २५ नोभेम्बरमा सुरु भई अन्तर्राष्ट्रिय मानव अधिकार दिवस १० डिसेम्बरसम्म मनाइन्छ।

यसको सुरुवात सन् १९९१ को पहिलो महिला ग्लोबल लिडरसिप इन्स्टिच्युटका अभियन्ताहरूबाट भएको थियो। यसको समन्वय हरेक वर्ष ‘सेन्टर फर वुमन ग्लोबल लिडरसिप’ले गर्ने गर्दछ।

प्रकाशित मिति : ९ मंसिर २०८२, मंगलबार  १० : १५ बजे

नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापानिज इन्सेफलाइटिस विरुद्ध सञ्चालन भइरहेको

ट्याक्टरको ठक्करबाट गुल्मीमा एक जनाको मृत्यु

गुल्मी– ट्याक्टरको ठक्करबाट गुल्मीको मदाने गाउँपालिकाका एक युवाको मृत्यु भएको

जय ट्रफी फाइनल : आर्मीले दिएको २२२ रनको लक्ष्य पछ्याउँदै पुलिस

काठमाडौँ – जय ट्रफी मेन्स एलिट कप क्रिकेटको फाइनल खेल

काठमाडौँ उपत्यकामा आज घोडेजात्रा पर्व मनाइँदै

काठमाडौँ– प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व

कैलाली भन्सारबाट ५ अर्ब ४० करोड राजस्व सङ्कलन

कैलाली– कैलाली भन्सार कार्यालय धनगढीले आठ महिनाको अवधिमा पाँच अर्ब