१३ गतेसम्म अनुदानको रकम नपाए आन्दोलनमा उत्रिने उखु किसानको चेतावनी « Khabarhub

१३ गतेसम्म अनुदानको रकम नपाए आन्दोलनमा उत्रिने उखु किसानको चेतावनी


९ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल उखु उत्पादक महासंघले आगामी मंसिर १४ गतेदेखि पुनः आन्दोलन सुरु गर्ने चेतावनी दिएको छ।

आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उखु उत्पादक किसानहरूले मंसिर १३ गतेभित्र पाउनुपर्ने करिब ७५ करोड अनुदान भुक्तानी नपाए र उखुको प्रतिक्विन्टल ७५० कायम नगरिए आन्दोलनमा उत्रिने बताएका हुन्।

‘विगत सालको ३५ रुपैयाँ प्रतिक्विन्टलको दरले हुन आउने ७५ करोड अनुदान रकम हाम्रो बाँकी छ। त्यो अनुदान रकम यही १३ गते (मंसिर) भित्र भुक्तानी गरिनुपर्छ भन्ने माग हामीले राखेका छौं,’ किसान महेशचन्द्र यादवले भने।

उखुको उत्पादन मूल्य लागतको आधारमा चिनीको बजार मूल्यलाई समेत दृष्टिगत गरी नेपाल सरकार, चिनी उद्योगका प्रतिनिधि र किसानका प्रतिनिधिहरू बसेर मूल्य निर्धारण गर्नुपर्ने किसानहरूको माग छ।

उखु किसानहरूले आज कृषिमन्त्री डा.मदन परियारमार्फत प्रधानमन्त्री कार्यालय र अर्थ मन्त्रालयलाई पनि ज्ञापनपत्र बुझाएका छन्।

माग पूरा नभए मंसिर १४ गते सर्लाहीको हरिवनमा एक घण्टा राजमार्ग जाम गरिने र १५ गतेदेखि एक लाख किसान परिवारको प्रतिनिधित्व गर्दै हरिवनमा अनिश्चितकालीन राजमार्ग अवरुद्ध गरेर सरकारलाई मागहरू पूरा गराउन बाध्य गराइने उनीहरूले बताए।

प्रकाशित मिति : ९ मंसिर २०८२, मंगलबार  १० : २७ बजे

भारतमा निपाह बढ्दै गएपछि नेपालले जारी गर्‍यो आपतकालीन स्वास्थ्य निर्देशिका

काठमाडौं– भारतका केही राज्यमा निपाह भाइरसको संक्रमण बढ्दै जाँदा नेपालमा

रोहित शेट्टीको घरबाहिर मध्यरातमा चल्यो गोली

काठमाडौं– बलिउडका सफल फिल्म निर्देशक रोहित शेट्टीको मुम्बईस्थित घरबाहिर आइतबार

आर्थिक विषयलाई प्राथमिकता दिनुपर्नेमा अध्यक्षको ढकालको जोड

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले राजनीतिक दलका

टोखाबाट १९ लाख रुपैयाँ बराबरको धनमाल चोरी

काठमाडौं– टोखा नगरपालिका-३ बस्ने तिल सरा पुर्जाको घरबाट सुनका विभिन्न गरगहना

हत्या आरोपमा एकजना पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका-१० इखम्बु बस्ने ४७ वर्षीय लीला प्रसाद राईको हत्या