आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल « Khabarhub

आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल


१० पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार सन् २०२५ डिसेम्बर २५ तारिख । पौष शुक्ल पक्षको पञ्चमी तिथि । क्रिसमस डे । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ । खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेश:

मेष : दिन राम्रो छ । थालेका काम सफल हुनेछन् । मन खुशी हुनेछ । राज्यको माथिल्लो तहबाट सहयोग हुनेछ । राजनीतिक तहमा अवसर मिल्नेछ । परिवारसँग बसेर रमाइलो गर्ने दिन छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

वृष : दिन राम्रो छ । बिहान गरेको कामबाट लाभ मिल्नेछ । रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ । मन प्रशन्न रहनेछ । स्वास्थ्यमा समस्या हुनसक्छ । रोजगारीको क्षेत्रमा भने सचेत भएर अगाडि बढ्नुपर्ने देखिन्छ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ ।

मिथुन : आज पठनपाठनमा रुची बढ्नेछ । शिक्षा क्षेत्रमा गरेको लगानीबाट नाफा बढ्नेछ । राज्यको सेवामा गरेको लगानीबाट फाइदा हुनेछ । विपक्षी शान्त भएकाले काम बन्नेछ । परिवारमा भने सानो कुराले मनमुटाब बढ्नेछ ।

कर्कट : दिन सामान्य छ । आफूले गर्दै गरेको कारोबारमा अवरोध सिर्जना हुनसक्छ । साथीले नै असहयोग गर्ने जोखिम बढ्नेछ । सामूहिक काममा फाइदा हुनेछ । परिवारसँग बसेर रमाइलो गर्ने दिन छ ।

सिंह : साथीसँगको भेटले मनको कुण्ठा कम हुनेछ । आफूभन्दा ठूलासँग लिएको सल्लाहले काम सार्थक बन्नेछ । स्वास्थ्यले साथ दिनेछ । परिवारसँग रमाइलो गरेर दिन बित्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

कन्या : साथीभाइको सहयोग मिल्नेछ । स्वास्थ्यले साथ दिनेछ । परिवारसँगको सम्बन्ध सफल बन्ने योग छ । अनावश्यक खर्च बढ्नेछ । आज नयाँ काम थालनी नगर्नु उचित हुनेछ ।

तुला : मनमा उत्साह बढ्नेछ । राज्यका तर्फबाट मान र सम्मान बढ्नेछ । अग्रज व्यक्तिसँगको छलफलले फाइदा हुनेछ । शिक्षाको क्षेत्रमा खुसीको खबर सुन्ने योग रहेको छ ।

वृश्चिक : सञ्चित धन खर्च हुनेछ । शिक्षामा ढिलासुस्ती बढ्नसक्ने जोखिम छ । रोगसँग लड्ने क्षमता भने बढेको छ । ठूला कामको सुरुवात नगर्नु राम्रो हुनेछ । परिवार र प्रेम सम्बन्धमा मनमुटाव हुनेछ ।

धनु : दिन राम्रो हुनेछ । आम्दानीको दृष्टिले दिन अब्बल छ । लगानीको क्षेत्रमा हिम्मत गर्नुपर्ने दिन छ । व्यापारमा फाइदा हुनेछ । राज्यको सेवा गर्दै हुनुहुन्छ भने पदोन्नती हुनेछ । आफ्नो काम सफल पार्न नम्र भएर अगाडि बढ्नुपर्नेछ । परिवारले भन्दा बाहिरका साथीले साथ दिनेछन् ।

मकर : दिन सामान्य राम्रो छ । शुभ ग्रहको बहुमत भएकाले दैनिक काम सहज बन्नेछ । वैदेशिक लगानीबाट मन उत्साहित बन्नेछ । राजनीतिक सहकर्मीले साथ दिनेछन् । परिवारमाभित्र मनमुटाब बढ्ने भएकाले थोरै बोल्नु फाइदा हुनेछ ।

कुम्भ : धार्मिक कार्यमा संलग्न भएमा मन शान्त बन्नेछ । रोगसँग लड्ने क्षमता बढ्नेछ । स्वास्थ्यले साथ दिँदा मन शान्त बन्नेछ । परिवारसँग्गको सम्बन्ध सुमधुर बन्नेछ ।

मीन : पुरानो रोगले सताउने जोखिम बढी छ । मनमा खटपटी बढ्नेछ । गणेशको दर्शन गरेर दिनको सुरुवात गरेमा फाइदा हुनेछ । पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुनेछ । परिवारसँगको सम्बन्ध भने सुमधुर बन्नेछ । 

प्रकाशित मिति : १० पुस २०८२, बिहीबार  ५ : १४ बजे

रेबिज नियन्त्रण गर्न कुकुर–बिरालो बन्ध्याकरण अभियान

नारायणगढ– सामुदायिक कुकुर तथा बिरालोबाट रेबिज फैलन नदिन चितवनको कालिका

कुमारी बैंकले मनायो २५ औँ वार्षिकोत्सव

काठमाडौं– कुमारी बैंक लिमिटेडले विभिन्न कार्यक्रमहरू आयोजना गरेर आफ्नो २५

इरान अझै आक्रमण गर्न सक्षम : अमेरिकी प्रतिवेदन

एजेन्सी– पछिल्लो अमेरिकी गुप्तचर मूल्यांकनअनुसार इरानसँग अझै पनि उल्लेखनीय सैन्य

लागूऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट १६

नराकोट–हाटसिंजा सडक स्तरोन्नति गर्न स्रोत सुनिश्चित

जुम्ला– यहाँको सिंजा गाउँपालिकाको नराकोटदेखि कनका सुन्दरीको हाटसिंजासम्म निर्माणाधीन सडक