१४ वर्षीय सूर्यवंशीले ३६ बलमै बनाए शतकको रेकर्ड « Khabarhub

१४ वर्षीय सूर्यवंशीले ३६ बलमै बनाए शतकको रेकर्ड

३९ वर्ष अगाडिको रेकर्ड तोडियो


१० पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


318
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतका १४ वर्षीय जादुमयी ब्याटर वैभव सूर्यवंशीले ३९ वर्षअघिको रेकर्ड तोड्दै ३६ बलमा शतक प्रहार गरेका छन् ।

भारतमा जारी विजय हजारे ट्रफीमा बिहारको तर्फबाट खेल्दै उनले यो नयाँ रेकर्ड बनाएका हुन् ।

अरुणाचल प्रदेशविरुद्ध ब्याटिङ गरेका उनले बिहारका लागि ३६ बलमा शतक पूरा गरेका हुन् । यो शतकसँगै लिस्ट–ए क्रिकेटमा कम उमेरमा शतक प्रहार गर्ने खेलाडीको रुपमा कीर्तिमान बनाएका छन् । यसअघि यो रेकर्ड पाकिस्तानका जहुर इलाहीको नाममा थियो ।

बैभवले यसबाहेक भारतीय क्रिकेटमा प्राप्त द्रुत शतकको रेकर्ड पनि तोडेका छन् । भारतमा सबैभन्दा छिटो शतक ३५ बलमा शतक बनाएर अनमोलप्रीत सिंहले नाम राखेका थिए । युसुफ पठानले ४० र अभिषेक शर्माले ४२ बलमा शतक हिर्काएका छन् । वैभवले ३६ बलमै शतक प्रहार गरेर नयाँ सफलता प्राप्त गरेका हुन् ।

उक्त खेलमा वैभवले ८४ बलको सामना गर्दै १९० रन हेर्काए । उनले १६ चौका र १५ छक्का प्रहार गरे ।

प्रकाशित मिति : १० पुस २०८२, बिहीबार  ७ : ३३ बजे

विस्केट जात्रा : ऐतिहासिक, सांस्कृतिक र तान्त्रिक महत्त्वको जात्रा

काठमाडौं- सांस्कृतिक सहर भक्तपुरमा हरेक वर्ष मनाइने विस्केट जात्रा सुरु

मेकिङमा नायिकाहरू : केही अरुका लागि, केही आफ्नै लागि

काठमाडौं – सफल नायक करिअरपछि मेकिङमा आउनेमा भुवन केसी, विराज

प्रधानमन्त्री वालेनको आवाजै नसुनि अन्त्य भयो नयाँ संसदको पहिलो अधिवेशन

काठमडौँ– प्रतिनिधिसभाको पहिलो अधिवेशन गएरातिबाट अन्त्य भएको छ । मन्त्रिपरिषदको

एमसीसी खारेजमा अडिग छु, शंका नगनू : हर्क साम्पाङ

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई (साम्पाङ)ले

स्रोत नखुलेको ६ लाखसहित दुई जना पक्राउ

सुनसरी– कोशी गाउँपालिका–८ भण्टाबारीबाट स्रोत नखुलेको ६ लाख ६९ हजार