त्रिभुवन विश्वविद्यालयले आज ५१औँ दीक्षान्त समारोह गर्दै « Khabarhub

त्रिभुवन विश्वविद्यालयले आज ५१औँ दीक्षान्त समारोह गर्दै


१० पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

कीर्तिपुर– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आज ५१औँ दीक्षान्त समारोह गर्दैछ । विश्वविद्यालयको इतिहासमा पहिलोपटक आज नोबेल पुरस्कार विजेतालाई प्रमुख अतिथि बनाएर दीक्षान्त आयोजना गर्ने लागिएको विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर दीपक अर्यालले जानकारी दिए ।

समारोहमा नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिता प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् । टोकियो विश्वविद्यालयमा आबद्ध उनले सन् २०१५ को भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार पाएका थिए ।

उपकुलपति प्रा. डा. अर्यालले दीक्षान्तका लागि सम्पूर्ण तयारी गरिएको बताए । मण्डप निर्माण, दीक्षित विद्यार्थी र अभिभावक बस्ने कुर्सीको व्यवस्थापनलगायत सबै काम सम्पन्न भएको उनले जानकारी दिए ।

यसपटक त्रिविका १६ हजार ३०० भन्दा बढी विद्यार्थी दीक्षित हुने जनाइएको छ । दीक्षान्त समारोहमा विद्यार्थी र अभिभावकसहित ४१ हजार व्यक्ति सहभागी हुने अनुमान छ ।

विश्वविद्यालयबाट स्नातक, स्नातकोत्तर, दर्शनाचार्य र विद्यावारिधि तहसमेत गरी ८९ हजार १९१ विद्यार्थी उत्तीर्ण भएका छन् । यसमध्ये १६ हजार ३८० जना विद्यार्थीले दीक्षान्त समारोहमा सहभागिताका लागि निवेदन दिएको उपकुलपति प्रा. डा. अर्यालले बताए ।

कार्यक्रममा विभिन्न सङ्काय तथा तहको परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने ११ जना छात्रा तथा १४ जना छात्रले पदकसमेत पाउने छन् । त्रिविबाट यसपटक मानविकीका १४ हजार ८५१, व्यवस्थापनबाट ४३ हजार ६१०, कानुनका दुई हजार ३३५ र शिक्षातर्फ १६ हजार ४६७ जना उत्तीर्ण भएका छन् ।

प्रकाशित मिति : १० पुस २०८२, बिहीबार  ७ : ३४ बजे

सबैको सहयोग र सहकार्यबाट निर्वाचन सम्पन्न भयो : कानुनमन्त्री

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिल कुमार सिन्हाले सबैको

खाडी देशहरूले थाले सम्भावित आणविक विपत्तिबाट जोगिने तयारी

दुबई- अमेरिका र इजरायलले इरानमाथि युद्ध थोपेरको असर समग्र खाडी

मतदाताको मौन विद्रोह कि विवेकपूर्ण छनोट ?

नेपालको लोकतान्त्रिक अभ्यासमा निर्वाचन केवल प्रतिनिधि चयन गर्ने प्राविधिक प्रक्रिया

रविमाथिका गम्भीर अपराधका मुद्दा फिर्ताविरुद्धको रिटमा आदेश आउँदै

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेका मुद्दा फिर्ता

इरानमाथि आक्रमण गर्दा अमेरिकालाई क्षति, ७ सैनिकको मृत्यु, १४० जना घाइते

तेहरान- अमेरिका र इजरायलले इरानमाथि युद्ध थोपरेको बुधबार १२औँ दिनमा