सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? « Khabarhub

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?


१० पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– केही दिनदेखि नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज भने घटेको छ । आज स्थानीय बजारमा सुनको मूल्य ६ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ६७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन भने हालसम्मकै उच्च कायम हुँदै सुनको कारोबार प्रतितोला २ लाख ६८ हजार १ सय रुपैयाँमा भएको थियो । उक्त दिन सुनको मूल्य ९ सयले वृद्धि भएको थियो ।  

यस्तै आज चाँदीको मूल्य पनि उच्च विन्दुबाट झरेको छ । चाँदी आज तोलामा २० रुपैयाँले घट्दै प्रतितोला ४ हजार ४०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन भने चाँदीको भाउ ४ हजार ४२० रुपैयाँ पुगेको थियो । जुन हालसम्मकै उच्च हो ।  

प्रकाशित मिति : १० पुस २०८२, बिहीबार  ११ : २४ बजे

भारतबाट थप १६० ग्यास बुलेट ल्याइँदै : डेराका विद्यार्थी, सुत्केरी र गर्भवतीलाई पहिलो प्राथमिकता

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले १६० वटा अतिरिक्त ग्यास

कांग्रेस महाधिवेशनमा करिब सात हजार प्रतिनिधि सहभागी हुने

काठमाडौं– नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सात हजार हाराहारीमा महाधिवेशन प्रतिनिधि

यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य छ निर्णय

काठमाडौं– सरकारले सरकारी निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल बनाउने सम्बन्धी

कुलमान भन्छन् : चिलिमे विद्युत्गृहको मुख्य पहुँच सुरुङ नै अवरुद्ध हुँदा उद्धारकार्य कठिन बन्यो

काठमाडौं- उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं चिलिमे जलविद्युत् आयोजनाका पूर्वप्रमुख