देवघाटलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरिँदै « Khabarhub

देवघाटलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरिँदै


१० पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

चितवन– देवघाटको धार्मिक क्षेत्रलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरिने भएको छ । यही पुस ११ गते  सो क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गर्न लागिएको हो ।

देवघाट क्षेत्र विकास समितिको संयोजनमा तीन पालिकासहितको उपस्थितिमा प्लाष्टिक निषेधित क्षेत्र घोषणा गर्न लागिएको हो ।

क्षेत्र विकास समितिले पुस ११ गते औपचारिक रुपमा घोषणा गर्ने तयारी गरेको जनाएको हो । क्षेत्र विकास समितिसँगै सहमति संस्था र नदीसँग हामीलगायतका संस्थाहरुसँगको सहकार्यमा प्लाष्टिकमुक्त घोषणा गर्न लागिएको हो ।

यसका लागि पवित्र तीर्थस्थल देवघाट क्षेत्रभित्र ३७ वटा फोहर फाल्ने डस्बिन राखिएको छ । जसमा प्लाष्टिकजन्य सामग्री फाल्ने, पानीका बोटल फाल्ने र ब्लेट (पत्ती) फाल्ने छुट्टै राखिएको छ ।

देवघाट क्षेत्र विकास समितिको अगुवाइ र भरतपुर महानगरपालिका, गैँडाकोट नगरपालिका एवं देवघाट गाउँपालिकाको सहकार्यमा कार्यक्रम गर्न लागिएको हो । क्षेत्र विकास समितिका अध्यक्ष डा ईश्वरीराज लौडारीले अहिले प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरेसँगै प्लाष्टिकमुक्त बनाउने अभियान सञ्चालन हुने जानकारी दिए ।

देवघाट क्षेत्र विकास समितिभित्रको पाँच हजार ४३४ हेक्टर क्षेत्रभित्र प्लाष्टिक निषेधित क्षेत्र घोषणा गर्न लागिएको उनको भनाइ छ । 

फोहर व्यवस्थापनका लागि सबै एकजुट हुन आवश्यक रहेको उनको भनाइ थियो । हरेक सभ्यतासँग नदी जोडिएकाले नदी सफाइमा सबै लाग्न जरुरी रहेका उनको भनाइ छ ।

सो कार्यमा सहकार्य गर्दै आएको संस्था सहमतिका अध्यक्ष ओमनाथ सुवेदीले यस कार्यमा सबैले सक्रिय रुपमा लाग्न आवश्यक रहेको बताए । देवघाटको दाहासंस्कार स्थलको फोहर व्यवस्थापनमा केही समस्या देखिएको भए पनि यसलाई व्यवस्थापनका लागि सबै जुट्नुपर्ने उनले बताए । अहिले देवघाट क्षेत्रमा प्लाष्टिकमुक्त गर्नका लागि जनचेतना, झोला नियन्त्रण अभियानलगायका कामहरू गरिएको उनले बताए ।

देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले देवघाट क्षेत्र प्लाष्टिकमुक्त बनाउका लागि सबैको सहकार्य आवश्यक रहेको उनको भनाइ छ । (रासस)

प्रकाशित मिति : १० पुस २०८२, बिहीबार  ११ : ३१ बजे

गृहमा सुदनलाई पठाएर डीपीलाई सभामुख बनाउने तयारी

काठमाडौं– प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् पुनर्गठनको तयारी तीव्र बनाएका छन्।

वीरगञ्ज नाकाबाट सात महिनामा झण्डै छ खर्बको आयात

वीरगञ्ज – चालु आर्थिक वर्षको सात महिनामा वीरगञ्ज नाका हुँदै

स्वास्थ्य क्षेत्रमा कार्की आयोगको चासो- ‘विशिष्ट व्यक्तिको उपचारमा राज्यकोषको दुरुपयोग रोकौं’

जेन–जी आन्दोलन सम्बन्धी छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले

बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका निवर्तमान प्रमुख बालेन्द्र शाह नेपालको नयाँ

भीरबाट लडेर वडासदस्यको मृत्यु

गोदावरी– चुरे गाउँपालिका–५ भासु गाउँमा भीरबाट लडेर वडासदस्यको मृत्यु भएको