सर्वपक्षीय सरकार गठनका लागि विप्लवको दवाव « Khabarhub

सर्वपक्षीय सरकार गठनका लागि विप्लवको दवाव


१० पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले राजनीतिक दलको नेतृत्वमा सर्वपक्षीय सरकार गठनका लागि दवाव दिन सडक संघर्ष गर्ने बताएका छन् ।

बिहीबार काठमाडौंमा बसेको नेकपा माओवादीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै विप्लवले वर्तमान सरकारले जेन-जीको भावनालाई आत्मसात गर्न नसकेकाले राजनीतिक दलको नेतृत्वमा सर्वपक्षीय सरकार गठनका लागि जेन-जी युवाहरूलाई समेत साथमा लिएर सडक सङ्घर्ष गर्ने बताएका हुन् ।

उनले वर्तमान सरकार भंग गरि सर्वपक्षीय सरकार गठन गर्नका लागि राष्ट्रपति समक्ष १० दिने अल्टिमेटमसहितको माग पत्र समेत बुझाइएको जानकारी दिए ।

आफूहरूको मागमा आवश्यकताको सिद्धान्तलाई प्रयोग गरी संविधानलाई संशोधन गर्नुपर्ने, समाजवादी सङ्घीय ढाँचामा राज्यको पुनर्संरचना गर्नुपर्ने, जेन-जी आन्दोलनमा भएका सबै घटनाको छानविन गर्नुपर्ने लगायत रहेको उनले बताए ।

विप्लवले जेन-जी आन्दोलनपछि बनेको सरकारप्रति कोही पनि सन्तुष्ट नरहेको र देशलाई निकास दिने अवस्था समेत नदेखिएको जिकिर गरे ।

उनले भ्रष्टाचारको निष्पक्ष छानबिन गर्नका लागि उच्चस्तरीय नागरिक आयोग गठन गर्नुपर्ने आफूहरूको माग रहेको बताए ।

भ्रष्टाचारीमाथिको मुद्दा हेर्ने शक्तिशाली न्यायालय गठन गर्नुपर्ने र उक्त न्यायालयको फैसला नै अन्तिम फैसला हुनुपर्ने उनको भनाइ छ । 

प्रकाशित मिति : १० पुस २०८२, बिहीबार  १२ : ४४ बजे

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने

सन् २०२५ : भारत–चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष

काठमाडौं–  आगामी साता सन् २०२५ विश्वबाट बिदा हुँदैछ । यो

उज्यालो नेपाल पार्टी कार्यालय उद्‌घाटन (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ

बालेन शाहसँग भेटवार्तापछि बाहिरिए रास्वपा सभापति लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर