भेट्न आउनेसँग बालेनको प्रस्ताव : नयाँ शक्ति र युवाहरू मिलेर जाऊँ « Khabarhub

भेट्न आउनेसँग बालेनको प्रस्ताव : नयाँ शक्ति र युवाहरू मिलेर जाऊँ


१० पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पुराना दलहरू नेपाली कांग्रेस र नेकपा एमाले संसद् पुनर्स्थापनाका लागि मोर्चाबद्ध भइरहँदा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह नयाँ शक्ति निर्माणको पहल तीव्र पारेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग दुई दुई पटकसम्म भएको संवाद फलदायी हुन नसकेपछि बालेनले नयाँ उपाय खोजीका लागि छलफल थालेका हुन् ।

उनले बुधबार र बिहीबार स्वतन्त्र नागरिकदेखि राजावादी दलका नेताहरूसँग पनि वार्ता गरेका छन् । बालेनले वार्ता गरेकाहरूमध्ये राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीसमेत छन् ।

बालेनले आफ्ना सल्लाहकार कुमार बेनको घरमा बुधबार बेलुका ५ बजेदेखि ८ बजेसम्म शाहीसहितका नेताहरूसँग कुराकानी गरेका थिए ।

उक्त भेटमा युवा र नयाँ शक्तिहरू मिलेर जाने प्रस्ताव बालेनले राखेको खुलेको छ।

शाहीकाअनुसार फागुन २१ को चुनावअघि नै नयाँ दल र युवा शक्तिहरू मिलेर जानुपर्ने, एकजुट भएर जानुपर्ने प्रस्ताव गरेका थिए ।

‘बालेनजीले युवाशक्तिहरू एकजुट भएर जाऊँ भन्नुभयो’, भेटमा सहभागी एकजनाले खबरहबलाई भने, ’हिजो पनि सँगै हो, आज पनि सँगै मिलेर काम गरौँ भन्ने प्रस्ताव आएको छ। जहाँ भए नि एकजुट हुनुपर्‍यो भन्नु भयो ।’

भेटघाटबारे नेता शाहीले ‍औपचारिक धारणा दिएका छैनन् । स्रोतका अनुसार उक्त भेटमा मिलन पाण्डे, सागर ढकाल, डा. चन्द्रकान्त भण्डारी, ज्ञानेन्द्र शाही, रक्षा बम, डा. सीके राउत रेशम चौधरीलगायत सहभागी थिए ।

प्रकाशित मिति : १० पुस २०८२, बिहीबार  १ : ०१ बजे

काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौं – मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

गण्डकी – मध्यपूर्वमा जारी युद्धका कारण अन्तरराष्ट्रिय हवाई उडान प्रभावित

इरानी आक्रमणको भिडियो सामाजिक सञ्जालमा अपलोड गर्ने तीन नेपाली यूएईमा पक्राउ

दुबई – यूएईले इरानसँग बढ्दो सैन्य तनावबीच सामाजिक सञ्जालमा आक्रमणसम्बन्धी

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो

सुर्खेत – आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट

६ हजारभन्दा बढी ग्यास सिलिन्डर भण्डारण गर्ने श्रीराम उद्योगलाई ३ लाख रुपैयाँ जरिवाना

काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ग्यासको कृतिम