१७ वर्षपछि तारिक रहमानको स्वदेश फिर्ती « Khabarhub

१७ वर्षपछि तारिक रहमानको स्वदेश फिर्ती


१० पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – सत्र वर्ष लामो निर्वासनपछि बङ्गलादेश नेसनालिस्ट पार्टी (बिएनपी) का कार्यवाहक अध्यक्ष तारिक रहमान बिहीबार स्वदेश फर्किएका छन् । पूर्व प्रधानमन्त्री शेख हसिनाको सत्ता पतनपछि उनको आगमनलाई बङ्गलादेशको राजनीतिमा महत्त्वपूर्ण घटनाका रूपमा हेरिएको छ ।

रहमान आफ्नी धर्मपत्नी जुबैदा रहमान र छोरी जाइमा रहमानसँग लन्डनबाट विमान बंगलादेश एयरलाइन्सको उडानमार्फत ढाका आइपुगेका हुन्। उक्त विमान ढाकाको हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुअघि सिल्हटमा अवतरण गरेको थियो ।

उनको स्वागतका लागि विमानस्थल आसपास र ३०० फिट रोड क्षेत्रमा ठूलो सङ्ख्यामा बिएनपी समर्थक तथा कार्यकर्ता भेला भएका थिए । देशका विभिन्न भागबाट आएका समर्थकहरूले क्षेत्रलाई मानौँ जनसागरमा परिणत गरेका थिए । पार्टीका वरिष्ठ नेताहरू, स्थायी समितिका सदस्यसहित विमानस्थलमै उनलाई स्वागत गर्ने कार्यक्रम तय गरिएको थियो ।

भीड व्यवस्थापनका लागि विमानस्थल प्रशासनले २४ घण्टाका लागि आगन्तुक प्रवेशमा प्रतिबन्ध लगाएको थियो । वैध टिकट र पासपोर्ट भएका यात्रुहरू बाहेक अन्यलाई विमानस्थल प्रवेशमा रोक लगाइएको बिडीन्युज२४ ले जनाएको छ ।

बङ्गलादेशको अन्तरिम सरकारले पनि रहमानको सुरक्षाका लागि व्यापक तयारी गरेको बताएको छ । अन्तरिम सरकारका मुख्य सल्लाहकारका प्रेस सचिव शफीकुल आलमले सरकार उनको स्वदेश फिर्तीलाई स्वागत गर्दै बिएनपीसँग समन्वयमा सुरक्षा व्यवस्था मिलाइएको जानकारी दिए ।

ढाका आगमनपछि रहमान ३०० फिट रोड (३६ जुलाई एक्सप्रेसवे) मा आयोजित संक्षिप्त स्वागत कार्यक्रममा सहभागी भए। त्यसपछि उनी एभरकेयर अस्पताल जानुहुने र पछि गुलसनस्थित आफ्नै निवासमा बसाइँ सर्नुहुने कार्यक्रम रहेको छ ।

बिएनपीका अनुसार रहमानले डिसेम्बर २७ मा मतदाता दर्ता गर्ने योजना बनाउनुभएको छ । यसका लागि निर्वाचन कार्यालयहरू शनिबार पनि खुला रहने जानकारी दिइएको छ ।

यसैबीच, फेब्रुअरी १२ मा हुने संसदीय निर्वाचनका लागि बिएनपी नेत्री खालिदा जिया र तारिक रहमानका तर्फबाट बोगुराका विभिन्न निर्वाचन क्षेत्रका लागि नामांकन फारम सङ्कलन भइसकेको बिडीन्युज २४ ले जनाएको छ ।

प्रकाशित मिति : १० पुस २०८२, बिहीबार  १ : २४ बजे

अब प्रधानमन्त्री कार्यालय परिसर छिर्नै बालेनको सचिवालयको अनुमति चाहिने

काठमाडौँ- शुक्रबार देशले नयाँ प्रधानमन्त्री पाउँदैछ । राष्ट्रिय स्वतन्त्र पार्टीका

सिंहदरबारमा बालेनको आसन तयार, उत्तर फर्काएर राखियो कुर्सी

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलका नेता तथा वरिष्ठ

अभौतिक मुद्राको कारोबारमा संलग्न बंगलादेशी नागरिक ठमेलबाट पक्राउ

काठमाडौँ । अभौतिक मुद्राको कारोबारमा संलग्न रहेको अभियोगमा काठमाडौंबाट एक

चुमनुब्रीको फिलिममा मोटर पुग्यो

गोरखा – चुमनुब्री गाउँपालिकाको केन्द्र सिर्दिवासको फिलिममा मोटर पुगेको छ

सदन प्रतिपक्षको हुनेछ, पहिलो बैठक छिटो बोलाउनु : हर्क साम्पाङ

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधि सभाको