ओलीको कटाक्ष : देशका चर्चित भनिएका मानिसहरू नसामा भेटिन्छन् « Khabarhub

ओलीको कटाक्ष : देशका चर्चित भनिएका मानिसहरू नसामा भेटिन्छन्


१० पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले देशका चर्चित भनिएका मानिसहरू नसामा भेटिने गरेको बताएका छन् ।

एघारौँ महाधिवेशनका स्वयंसेवकहरूलाई धन्यवाद दिन काठमाडौंमा बिहीबार आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह, जेन-जी अभियन्ता सुधन गुरुङ र निकोलश भुसालहरूमाथि नसामा रमाउने गरेको आरोप लागिरहेका बेला ओलीले यो कटाक्ष गरेका हुन् ।

निकोलशले सार्वजनिक रुपमै लागुपदार्थ मानिने गाँजाको वकालत गर्ने गरेका छन् । उनले कहिलेकाहीँ खाने गरेको पनि बताउँछन्।

उता आफूलाई जेन-जी अभियन्ता बताउने सुधन गुरुङले सार्वजनिक रुपमै भेपबाट धुमपान गरिरहेको भेटिएको थियो ।

बालेनमाथि पनि यस्तै आरोप लाग्ने गरेको छ। यही सन्दर्भमा ओलीले देशका चर्चित मानिसहरू नसामा भेटिने गरेको भनेर कटाक्ष गरेका हुन् ।

‘देशका चर्चित भनिएका मानिसहरू अचेल नसामा भेटिन्छन् । चर्चामा ल्याउन खोजिएका मानिसहरू नसामा हुन्छन्’, उनले भने, ‘हाम्रा युवाहरू कोही पनि दुर्व्यवसनमा लागेका छैनन् । मेरो भनाइलाई इख मानेर दुर्व्यसन छोडे भने म खुसी हुन्छु ।’

प्रकाशित मिति : १० पुस २०८२, बिहीबार  १ : ३१ बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी