बालेन र रविको वार्ता चल्दै गर्दा कुमार बेनको घरमा सुधन पनि « Khabarhub

बालेन र रविको वार्ता चल्दै गर्दा कुमार बेनको घरमा सुधन पनि


१० पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहबीच वार्ता चल्दै गर्दा आफूलाई जेन-जी अभियन्ता बताउने सुधन गुरुङ पनि पुगेका छन् ।

सम्भावित सहकार्यका लागि रवि र बालेनको संवाद जारी रहेका बेला सुधन पनि कुमार बेनको घरमा पुगेका हुन् । सुधनले रवि, बालेन र कुलमानसहितका शक्ति एक ठाउँमा आउनुपर्ने बताइरहेका छन् ।

यसअघि आइतबार र सोमबार बालेनले रविसँग वार्ता गरेका थिए । त्यसपछि बिहीबार राति मात्रै उनले आधा दर्जन बढीसँग संवाद गरेका छन् ।

बिहीबार बिहान बालेन र कुलमान घिसिङबीच वार्ता भएको थियो । कुलमानले उज्यालो नेपाल पार्टी खोलेर अघि बढिसकेको अवस्था छ ।

प्रकाशित मिति : १० पुस २०८२, बिहीबार  १ : ३९ बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी