बालेन र रविको वार्ता चल्दै गर्दा कुमार बेनको घरमा सुधन पनि « Khabarhub

बालेन र रविको वार्ता चल्दै गर्दा कुमार बेनको घरमा सुधन पनि


१० पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहबीच वार्ता चल्दै गर्दा आफूलाई जेन-जी अभियन्ता बताउने सुधन गुरुङ पनि पुगेका छन् ।

सम्भावित सहकार्यका लागि रवि र बालेनको संवाद जारी रहेका बेला सुधन पनि कुमार बेनको घरमा पुगेका हुन् । सुधनले रवि, बालेन र कुलमानसहितका शक्ति एक ठाउँमा आउनुपर्ने बताइरहेका छन् ।

यसअघि आइतबार र सोमबार बालेनले रविसँग वार्ता गरेका थिए । त्यसपछि बिहीबार राति मात्रै उनले आधा दर्जन बढीसँग संवाद गरेका छन् ।

बिहीबार बिहान बालेन र कुलमान घिसिङबीच वार्ता भएको थियो । कुलमानले उज्यालो नेपाल पार्टी खोलेर अघि बढिसकेको अवस्था छ ।

प्रकाशित मिति : १० पुस २०८२, बिहीबार  १ : ३९ बजे

काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौं – मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

गण्डकी – मध्यपूर्वमा जारी युद्धका कारण अन्तरराष्ट्रिय हवाई उडान प्रभावित

इरानी आक्रमणको भिडियो सामाजिक सञ्जालमा अपलोड गर्ने तीन नेपाली यूएईमा पक्राउ

दुबई – यूएईले इरानसँग बढ्दो सैन्य तनावबीच सामाजिक सञ्जालमा आक्रमणसम्बन्धी

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो

सुर्खेत – आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट

६ हजारभन्दा बढी ग्यास सिलिन्डर भण्डारण गर्ने श्रीराम उद्योगलाई ३ लाख रुपैयाँ जरिवाना

काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ग्यासको कृतिम