बालेनसँगको भेटबारे ज्ञानेन्द्र भन्छन, ‘मिलेर जानुपर्ने कुरा भएको छ’ « Khabarhub

बालेनसँगको भेटबारे ज्ञानेन्द्र भन्छन, ‘मिलेर जानुपर्ने कुरा भएको छ’


१० पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहसँग भेट्नेमध्य एकजना हुन् राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाही ।

बुधबार राति कुपन्डोलमा भएको भेटमा बालेन र आफूहरूबीच नयाँ शक्ति र युवाहरू एक भएर जाने विषयमा छलफल शाहीले भएको बताए।

‘देशको परिस्थितिलाई बदल्नका लागि युवा र नयाँ शक्ति एक ठाउँमा आउनुपर्छ भन्ने कुराकानी भएको छ’, खबरहबलाई शाहीले भने, ‘देशको परिस्थिति हेर्दा युवा शक्ति मिलेर अगाडि बढ्नुपर्ने भएको छ। यसबारे सोचौँला भनेर हामीले कुरा गरेका छौं ।’

पछिल्लो समय विभिन्न व्यक्ति र शक्तिहरूसँग बालेन्द्रले छलफललाई तीव्र पारेका छन् । अहिले उनी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमासँग तेस्रो पटकको छलफलमा छन्। यसअघि गत आइतबार र सोमबार रवि र बालेनबीच कुरा भएको थियो ।

प्रकाशित मिति : १० पुस २०८२, बिहीबार  २ : ०४ बजे

निर्धारित मितिमै निर्वाचन हुन्छ : अर्थमन्त्री खनाल

सिरहा– अर्थमन्त्री डा रामेश्वर खनालले आगामी फागुन २१ गते हुने

बालेनसँगको वार्तापछि रवि : मेरो अनुहार हेर्नुस्, केही समय प्रतिक्षा गर्नुस्

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर

विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक : प्रधानमन्त्री

काठमाडौ– प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयलाई प्राज्ञिक बहसको थलो बनाउन सबै

बालेनको सक्रियताले वैकल्पिक शक्तिलाई मिल्न दबाब, यस्ता छन् जटिलता

काठमाडौं- पछिल्लो समय काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले वैकल्पिक शक्तिहरूसँग

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

एजेन्सी – उत्तर कोरियाले आणविक–सञ्चालित पनडुब्बी निर्माणमा उल्लेखनीय प्रगति गरेको