महावै गाउँपालिका जोड्ने सडक स्तरोन्नति गरिँदै « Khabarhub

महावै गाउँपालिका जोड्ने सडक स्तरोन्नति गरिँदै


१० पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

कालीकोट– कालीकोटको महावै गाउँपालिकाको केन्द्र जोड्ने सडक स्तरोन्नति गरिने भएको छ । विश्व बैङ्कको सहयोगमा प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम (पिएलआरआइपी) कार्यक्रमअन्तर्गत सो सडक स्तरोन्नति गरिने भएको हो ।

सो कार्यका लागि कर्णाली प्रदेश सरकार भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय, प्रदेश तथा स्थानीय सडक सुधार कार्यक्रम (पिएलआरइपी) अन्तर्गतको प्रदेशीय परियोजना व्यवस्थापन इकाइ (पिपीएमयु) वीरेन्द्रनगर, सुर्खेतले गत सोमबार बोलपत्र आह्वान गरेको छ । 

कर्णाली राजमार्गअन्तर्गत कालीकोटको खाँडाचक्र नगरपालिका–८ को सेराबाडादेखि महावै गाउँपालिकाको मुकाम पान्तडीसम्मको छ किलोमिटर सडक स्तरोन्नतिको ठेक्का प्रक्रिया अगाडि बढेको गाउँपालिकाका अध्यक्ष खेमबहादुर सिंहले जानकारी दिए । 

महावै गाउँपालिका राष्ट्रिय सडक सञ्जालमा जोड्नका लागि दैलेखको महावु गाउँपालिकाबाट पनि सडक निर्माण भइरहेको अध्यक्ष सिंहले बताए। 

प्रकाशित मिति : १० पुस २०८२, बिहीबार  २ : ०८ बजे

पोखरीभन्दा ठूला माछाहरूको आतंक

संसद्को पहिलो बैठक बसेपछि राजा महेन्द्रले थप कामकारवाहीबारे छलफल गर्न

वाइफाइ जडान गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु

भद्रपुर– झापाको बाह्रदशी गाउँपालिका–२ मा वाइफाइको प्लग जोड्ने क्रममा नाङ्गो

लेबनानमा इजरायली आक्रमण जारी, हिज्बुल्लाहद्वारा प्रत्याक्रमण

काठमाडौं– लेबनानमा इजरायलले आक्रमण जारी राख्दा त्यसको प्रत्युत्तरमा हिज्बुल्लाहले पनि

लुम्बिनी प्रदेशसभाको १०औँ बैठक बस्दै

घोराही– लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत १०औँ बैठक आज बिहान ११ः००

कपिलवस्तुमा बस दुर्घटना, २६ जना घाइते

कृष्णनगर– पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बनकसवासामा गएराति बस दुर्घटना हुँदा २६