सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन « Khabarhub

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन


१० पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत गरियो । 

विसं २०६५ असार १ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले विधिवत रुपमा नारायणहिटी दरबार सङ्ग्रहालयको रुपमा समुद्घाटन गरे पनि फागुन १५ देखि सर्वसाधारणका लागि खुला गरिएको थियो । 

स्थापनाको १७ वर्षमा सो सङ्ग्रहालय ४७ लाख ७७ हजार ७०० स्वदेशी तथा विदेशी पर्यटकले अवलोकन गरेका छन् । स्थापनादेखि गत मङ्सिर मसान्तसम्म उक्त सङ्ख्याका पर्यटकले सङ्ग्रहालय अवलोकन गरेका हुन् । 

आर्थिक वर्ष २०८१-८२ मा दुई लाख ६० हजारले नारायणहिटी दरबार सङ्ग्रहालयको अवलोकन गरेकोमा चालू आवको साउनदेखि मङ्सिर मसान्तसम्म ४६ हजार ७०० र अवलोकन गरेको नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिका सूचना अधिकारी पुरुषोत्तम थापाले जानकारी दिए ।

सरकारले नारायणहिटी सङ्ग्रहालय प्रवेशका लागि विद्यार्थीलाई ५०, नेपालीलाई रु २००, सार्क राष्ट्रका नागरिकलाई ५०० र विदेशी नागरिकलाई एक हजार शुल्क लिँदै आएको छ । 

उक्त सङ्ग्रहालय प्रत्येक हप्ताको मङ्गलबार, बुधबार बन्द रहँदै आएको छभने शनिबार र अन्य बिदाको दिनमा भने खुल्ला रहन्छ । 

प्रकाशित मिति : १० पुस २०८२, बिहीबार  २ : १३ बजे

निर्धारित मितिमै निर्वाचन हुन्छ : अर्थमन्त्री खनाल

सिरहा– अर्थमन्त्री डा रामेश्वर खनालले आगामी फागुन २१ गते हुने

बालेनसँगको वार्तापछि रवि : मेरो अनुहार हेर्नुस्, केही समय प्रतिक्षा गर्नुस्

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर

विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक : प्रधानमन्त्री

काठमाडौ– प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयलाई प्राज्ञिक बहसको थलो बनाउन सबै

बालेनको सक्रियताले वैकल्पिक शक्तिलाई मिल्न दबाब, यस्ता छन् जटिलता

काठमाडौं- पछिल्लो समय काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले वैकल्पिक शक्तिहरूसँग

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

एजेन्सी – उत्तर कोरियाले आणविक–सञ्चालित पनडुब्बी निर्माणमा उल्लेखनीय प्रगति गरेको