राप्रपा नेपालले पुस १५ गते केन्द्रीय समिति बैठक बोलायो « Khabarhub

राप्रपा नेपालले पुस १५ गते केन्द्रीय समिति बैठक बोलायो


१० पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) ले आगामी पुस १५ गते केन्द्रीय समिति बैठक बोलाएको छ।

बैठक पुस १५ गते दिउँसो १ बजे काठमाडौंको सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा बस्ने राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।

बर्तौलाका अनुसार बैठक पुस १६ गते आयोजना हुने राप्रपा र राप्रपा नेपालबीचको ‘पार्टी एकता घोषणा सभा’ लाई भव्य रूपमा सफल बनाउने विषयमा केन्द्रित हुनेछ।

यसअघि राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता गर्ने सहमति पत्रमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाले हस्ताक्षर गरिसकेका छन्।

महामन्त्री बर्तौलाले केन्द्रीय समिति बैठकमा अध्यक्ष कमल थापाले पार्टी सञ्चालनका क्रममा प्राप्त सहयोग र सद्भावका लागि सबै नेताहरूलाई धन्यवाद तथा आभार व्यक्त गर्ने कार्यक्रम पनि रहेको जानकारी दिए।

प्रकाशित मिति : १० पुस २०८२, बिहीबार  २ : ४० बजे

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने

सन् २०२५ : भारत–चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष

काठमाडौं–  आगामी साता सन् २०२५ विश्वबाट बिदा हुँदैछ । यो

उज्यालो नेपाल पार्टी कार्यालय उद्‌घाटन (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ